२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

सोनाम ल्होछारको अवसरमा काँग्रेस काभ्रेको शुभकामना आदान प्रदान

  • २०७७ माघ ३०, शुक्रबार मा प्रकाशित २ हप्ता अघि
  • १०५ पाठक संख्या
  • नेपाली काँग्रेस काभ्रेले तामाङ समुदायको नयाँ वर्ष एवं २८५७ औं लाङ (म्हे) ल्हो सोनाम ल्होछारको पावन अवसरमा शुभकामना आदान प्रदान तथा चियापानको आयोजना गरेको छ ।

    बनेपाको पञ्कन्या बैंक्विटमा आयोजना भएको कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका पदाधिकारी, क्षत्रीय सभापति, जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ एवं शुभेच्छुक संघसंस्थाका विभिन्न तह र तप्काका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा नेपाली काँग्रस काभ्रेका सभापति मधु आचार्यले संस्कृतिको जगेर्नाको लागि सोनाम ल्होछारको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको जानकारी दिए । नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामाले सञ्चालन गरेको कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष जगत बराम, प्रदेशसभा सदस्य एवं नेकपाका नेता लक्ष्मण लम्साल, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललगायतले मन्तब्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस