२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

त्रिबेणी सरसफाई सयौ हप्तामा, फागुन १ गते विशेष कार्यक्रम हुने

  • २०७७ माघ २७, मंगलबार मा प्रकाशित २ हप्ता अघि
  • १७३ पाठक संख्या
  • पनौतीका महिलाहरुको सक्रियतामा शुरु भएको पनौतीको त्रिवेणी सरसफाई अभियान १०० (एक सय) औं हप्तामा पुगेको छ । काभ्रेली संक्रिय महिला संगठनको अगुवाईमा भएको त्रिवेणी सरसफाई नागरिक अभियान अन्तर्गत त्रिवेणीमा सरसफाई भएको एक सय हप्ता पुगेको अवसरमा पनौतीमा विशेष कार्यक्रम हुने भएको छ ।

    फागुन १ गते पनौती बसपार्कको तरकारी बजारमा हुने विशेष कार्याक्रममा नेपाली काङ्ग्रेसका माहामन्त्री डा. शशांक कोइरालाको प्रमुख आतिथ्यता तथा नेपाल सरकारका पुर्व मुख्य सचिव, पूर्व राजदुत लीलामणि पौडेलको विशिष्ट आतिथ्यतामा गर्न लागेको काभ्रेली संक्रिय महिला संगठनका अध्यक्ष सुमित्रा बञ्जाराले जानकारी दिए ।

    महिलाहरुको सक्रियतामा महिलाहरुकै सहभागितामा कोरोनाको महामारिका विचमा पनि भौतिक दुरि कायम गर्दै, जनचेतना फैलाउदै, घर घरबाट सरसफाइ गर्न सहभागी भएका हुन् । कोरोना महामारीको विचमा पनि नरोकीई कन सरसफाई जारी राखिएको थियो ।

    ऐतिहासिक, धार्मिक, सांस्कृतिक एव्म पर्यटकीय महत्व बोकेको विश्व सम्पदाको लागि सूचिकृत हुन लागेका पनौती नगरपालिका भित्र जिल्लाकै सबैभन्दा बढी मठमन्दिर रहेका छन्।

    त्रिवेणी धाममा आन्तरिक तथा बाह्य भक्तालुहरु स्नान गर्ने स्थान पुण्यमाता खोला, रोशी खोला र लिलावती खोलाको दुषित पानीलाई सफा बनाउने र पनौती नगरलाई नै स्वच्छ बनाउने उदेश्यले पनौती त्रिवेणी सरसफाई नागरिक अभियान शुरु भएको बञ्जाराको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस