२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

नमोबुद्धका कृषकलाई कृषि सामग्री वितरण

  • २०७७ माघ २७, मंगलबार मा प्रकाशित २ हप्ता अघि
  • १०० पाठक संख्या
  • नगरभित्र कृषि क्षेत्रको विकास गर्ने एवं कृषि क्षेत्रलाई थप उत्पादनमुखी बनाउने उद्देश्यले नमोबुद्ध नगरपालिकाका अगुवा कृषकका लागि एक दिने तालिम एवं कृषि सामग्री वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

    नगरपालिकाका अगुवा कृषकका लागि तरकारी बालीमा बाली उत्पादनोपरान्त हुने क्षति न्यूनिकरण र बजार व्यवस्थापन बारे तालिम दिइएको हो । तालिममा नगरपालिकाका विभिन्न वडाका कृषक समूह र कृषि फर्मबाट २५ जना कृषक प्रतिनिधिको सहभागिता रहेको थियो । सहभागीहरुलाई कृषि विकास शाखा प्रमुख रेशमवहादुर दाहालसहित कृषि शाखामा कार्यरत शारदा तिमल्सिना र मनिता तामाङले प्रशिक्षण दिएका थिए ।

    तालिमको समापन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूहरु निर्वाचित भएदेखि नै कृषि क्षेत्रमा नमोबुद्ध नगरलाई अगाड बढाउन विभिन्न योजनाहरु तयार पार्दै कार्यान्वयनमा गएको बताए । विभिन्न संघसंस्थाको सहयोगमा कृषि नलेज पार्कको स्थापना, बेमौसमी तरकारी खेती तथा बिउ उत्पादनमा जोड दिइएको उनले बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले प्रविधिको प्रयोग नगरेसम्म कृषक सधैं कमजोर हुने भन्दै अब परम्परागत र निर्वाहमुखी कृषि प्रणालीबाट आधुनिकीकरणतर्फ जानुपर्ने बेला आइसकेको बताए ।

    वडा नं. ९ का अध्यक्ष एवं नगरपालिकाको कृषि समितिका संयोजक मेलवहादुर लामा लगायतले केषि क्षेत्रलाई आधुनिकीकरणमा जोड दिनुपर्ने बताए ।

    कार्यक्रमकै अवसरमा अगुवा कृषकका लागि थोपा सिञ्चाई सेट १५ सेट, प्लाष्टिक पोखरी २५ थान र टनेल खेतीका लागि प्लाष्टिक २२ सेट र बेमौसमी तरकारीका बिउ वितरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस