२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

पनौतीमा माटो परिक्षण

  • २०७७ माघ २७, मंगलबार मा प्रकाशित २ हप्ता अघि
  • ८३ पाठक संख्या
  • काभ्रेको पनौती नगरपालिकामा माटो परीक्षण शिविर सञ्चालन भएको छ ।

    माटोको अवस्था पत्ता लगाई माटो बिग्रिन नदिनुका साथै उत्पादकत्वमा बढाउन परिक्षण सुरु गरिएको जिल्लाको कृषि तथा पशुपक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिए । माटो परिक्षणका लागि पनौती नगरका वडा नम्बर ८, १० र ११ का स्थानिय कृषकहरुको सहभागिता उल्लेख्य रहेको छ । अन्य वडाहरुबाट पनि परिक्षणका लागि आउने क्रम जारी रहेको उनले बताए ।

    परिक्षण अवधिभर ६ सय भन्दा बढी माटोका नमुना परिक्षण गरिने र माटो परिक्षण शुल्क प्रति नमुना ७२.५० पैसा नगरपालिकाले नै बेहोर्ने प्रमुख सापकोटाले बताए । उनका अनुसार यस्ता कार्यक्रमहरुले युरिया मलको प्रयोग कम गर्ने, कम्पोष्ट मलको प्रयोगलाई प्रोत्साहन गर्दै कृषकलाई व्यवसायिक खेतीतर्फ अभिप्रेरित भई आर्थिक विकासमा महत्वपूर्ण भुमिका खेल्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

    दुई दिनसम्म चल्ले शिविरमा माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश हेटौंडाको प्राविधिक सहयोगमा गरिनेछ ।

    माटो सम्बन्धी मुख्य विषय स्थलगत रुपमै जाँच गर्न सक्ने उपकरण सहितको प्रयोगशाला मार्फत कृषकले ४ घण्टामा नै जमिनको अवस्थाबारे जानकारी प्राप्त गर्न सक्ने माटो तथा मल परिक्षण प्रयोगशाला बागमती प्रदेश प्रमुख डा. जनार्दन खड्काले बताए ।

    प्रतिक्रिया दिनुहोस