२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

तेमाल अध्यक्ष कपको उपाधी वडा नं ८ लाई

  • २०७७ माघ २७, मंगलबार मा प्रकाशित २ हप्ता अघि
  • १०२ पाठक संख्या
  • तेमाल गाउँपालिका दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी वडा न ८ ले जितेको छ । चापाँखोरी खेल मैदानमा भएको खेलमा वडा न ८ ले वडा न ९ लाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै उपाधी जितेको हो ।

    प्रतिस्पर्धात्मक खेलको निर्धारित समय र थप गरिएको समयमा खेल ४–४ गोलको बराबरीमा रोकिए पछि निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो । पेनाल्टी सुट आउटमा वडा नं. ८ ले वडा नं. ९ लाई ४–३ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।

    प्रतियोगिताको प्रथम हुने वडा न ८ ले नगद दुई लाख सहित शिल्ड र मेडल हात पार्न सफल भएको छ । त्यस्तै उपविजेता वडा न ९ ले एक लाख ५० हजार, तृतिय हुने वडा न ७ ले एक लाख र सान्त्वना पुरस्कार वडा न ५ ले ५० हजार रुपियाँ प्राप्त गरेको थियो । विजेतालाई संविधान सभा सदस्य तीर्थ लामा, तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङले पुरस्कार हस्तान्तरण गरेका थिए ।

    यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी दिनेश दोङ, उत्कृष्ट गोल किपर बुद्ध घिसिङ तामाङ र प्रतियोगिताको सर्वाधिक गोलकर्ता दिपक तामाङलाई जनही ५/५ हजार प्राप्त गरे ।

    तेमाल गाउँपालिका खेलकुद विकास समितिले तामाङ समुदायको मुख्य चाड सोनाम ल्होसार अवसरमा आयोजना भएको प्रतियोगितामा नौ वटा टिमको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस