रसाउँछन् आँखा आज यो देशको हाल देख्दा
मन्त्री आफै बनु लाग्छ, यी नेताको चाल देख्दा
भष्ट्राचार महङ्गी अनियन्त्रित भयो शहर
जताततै प्रदुषित फोहोरको आहाल देख्दा
नत सडक, नत बत्ति नत कुनै जागिर मिलोेस
बुझ्नै गारो राजनीतिको घुमारो जाल देख्दा
हप्तै पिच्छे खाद्यान्य तरकारीको भाउँ बढ्दा
दंग भाछन् जनता राजनेताको चाल देख्दा
चिल्ला गाडी चिल्ला घर दायाँ बाँया गार्ड बोक्दा
हुन्न कोही किनारमा गरिबका पाल देख्दा
……..मन्त्री आफैं बनु लाग्छ यी नेताको चाल देख्दा
प्रतिक्रिया दिनुहोस