२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

पाँचखाल नगरपालिकाले ५० प्रतिशत साझेदारीमा बहुउद्देशीय नर्सरी राख्ने

  • २०७७ माघ २६, सोमबार मा प्रकाशित ३ साल अघि
  • ७९० पाठक संख्या
  • पाँचखाल नगरपालिकाले बहुउद्देशीय नर्सरी स्थापना गर्ने भएको छ । यस चालु आर्थिक वर्ष २०७७/७८ को संघिय सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तर्गत बहुउद्देशीय नर्सरी स्थापना गर्न लागीएको नरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाईले जानकारी दिए ।

    कर्यक्रममा लागि राष्ट्रिय फलफुल बिकास कार्यक्रम सशर्त अनुदान नेपाल सरकारबाट दुई लाख रुपैंया प्राप्त भएको छ । नर्सरी स्थापना गर्न चाहाने ईच्छुक फर्म, कम्पनी वा ब्यक्तीले ५० प्रतिशत लागत साझेदारी गर्नु पर्ने नगरपालिकाले जनाएको छ ।

    साथै १५ दिन भित्र आवश्यक कागजात सहित पालिकाको कृषि तथा सहकारी शाखामा निवेदन पेश गर्न नगरबासीमा नगरपालिकाले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस