२०७७ फागुन १६, आईतबार | Sun, 28, Feb, 2021

दोश्रो तेमाल अध्यक्ष कप : सोमबार चार वडाको जित दर्ता

  • २०७७ माघ २६, सोमबार मा प्रकाशित २ हप्ता अघि
  • १२१ पाठक संख्या
  • तेमाल गाउँपालिकामा भईरहेको अध्यक्षकप फुटबलको दोश्रो दिन आज ४ खेल सम्पन्न भएको छ । तेमाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आईतबारबाट तेमाल ७ चापाखोरीमा सुरु भएको गाउँपालिका स्तरीय अन्तर वडाव्यापी दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबार वडा नं. ६ को विरुद्ध ८ ,वडा नं. २ को विरुद्ध ५, वडा नं. ३ को विरुद्ध ७ र वडा नं. ५ को विरुद्ध ९ प्रतिस्पर्धामा उत्रिएका हुन् ।

    खेलमा वडा नं ८ ले ६ नं वडालाई एक गोलले पराजित गर्यो । त्यस्तै वडा नं. २ र ५ को खेलमा वडा नं ५ ले २ गोलले पराजित गर्यो । त्यस्तै वडा नं. ३ र ७ को टिमबीचको खेललमा वडा नं ७ ले २ का विरुद्ध ३ गोल हान्दै जित हात पारयो । वडा नं. ५ र वडा नं. ९ को टिमबीचको खेल मा पनि ९ ले ५ लाई २ का विरुद्ध ३ गोलले पराजित गर्यो ।

    फाईनल खेल भोली मंगलबार हुने पालिका उपाध्यक्ष एवं खेलकूद विकास समितिका अध्यक्ष दुर्गामाया तामाङले जानकारी दिईन् । प्रतियोगिताको अन्तिम दिनको खेलहरु भोली विहान ८ बजेनै थाल्ने उनले बताईन् ।

    प्रतिक्रिया दिनुहोस