२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

निर्वाचनले राजनीतिक स्थायित्व आउँछ : गाेकुल बाँस्कोटा

  • २०७७ माघ २४, शनिबार मा प्रकाशित ३ साल अघि
  • ७०८ पाठक संख्या
  • पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताएका छन् । बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई शनिवार सम्बोधन गर्दै उनले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्‍वास व्यक्त गरे ।

    उनले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताए । ‘विकास र राजनीतिका विषयमा प्रतिपक्ष बनेकाले मेरोजति सामना गर्नु तयार हुनु,’ उनले भने ।  बाँस्कोटाले आफ्नै सांसद पद खुस्केजस्तो सरकारविरुद्ध सडकमा स्वार्थी ‘कम्युनिष्टधारी’ले कोकोहोलो मच्चाएको ओरोप लगाए ।

    प्रतिक्रिया दिनुहोस