२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

आज पनि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

  • २०७७ माघ २४, शनिबार मा प्रकाशित ३ साल अघि
  • १३२८ पाठक संख्या
  • आज पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि नै मौसममा बदलाव आएको हो ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही भूभागमा हल्का वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनेछ ।

    आज दिउँसो प्रदेश १ का धेरै स्थानहरु, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ महाशाखाको अनुमान छ ।

    राति पनि प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुनेछ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस