२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

काभ्रेमा ३४ सय ७५ जनाले लगाए कोरोना विरुद्धको खोप

  • २०७७ माघ २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ४६६ पाठक संख्या
  • काभ्रेमा शुक्रवार सम्म ३४ सय ७५ जानाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार काभ्रेका विभिन्न पालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, सरसफाईकर्मी, स्वास्थ्य क्षेत्रमा कार्यरत सुरक्षाकर्मी, वृद्धाश्रम, जिल्ला कारागारमा रहेका गरी ३४ सय ७५ जनालाई खोप लगाइएको जानकारी दिए । शुक्रवार मात्र जिल्लामा १ सय ६८ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए ।

    त्यस्तै जिल्लामा शुक्रवार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयको जानकारी छ । आज थपिएको संक्रमित धुलिखेल नगरपालिकाका पुरुष रहेका छन् । आज थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३ सय ४२ जना पुगेको छ ।

    त्यस्तै आज १ जनाले उपचारपछि कोरोना जितेका छन् । जिल्लाका कुल कोरोना संक्रमितमध्ये ३२ सय ८० जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् । काभ्रेमा अहिलेसम्म जिल्लाका ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस