प्रचण्ड–नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेकपाका नेताहरु आम हड्तालमा सडकमा निस्किएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल–नेपाल समूहले बधबार आम हड्ताल गरेको थियो । हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेमा भने प्रहरीले हड्ताल गरिरहेका नेकपाका नेताहरुलाई सडक बाट हटाएको छ । विहानैदेखि अरनिको राजमार्गको बनेपा चारदोवाटोमा जम्मा भएका नेकपा काभ्रेका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले राजमार्गबाट हटाएको छ । प्रहरीको हस्तक्षेप पछि सवारीसाधनहरु आँशिक रुपमा चलेका छन् । बनेपा चारदोवाटोमा पूर्व राज्यमन्त्री सुर्यमान दोङ, नेकपा काभ्रेको अध्यक्ष रुकु चौलागाई, सचिव टोकबहादुर वाईवा लगायत नेता तथा कार्यकर्ता जम्मा भएर आन्दोलन गरेका थिए ।
अन्य सवारी आवतजावतमा रोक लगाए पनि आवश्यकसाधानहरु एम्बुलेन्स, अस्पतालका बस, खाद्यान्न, दुध, औषधीका गाडी, सञ्चारकर्मीका सवारी साधन चलेका छन् ।
प्रतिक्रिया दिनुहोस