२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

बेथानचोक जेसिजको पदस्थापना

  • २०७७ माघ १९, सोमबार मा प्रकाशित २ साल अघि
  • ६११ पाठक संख्या
  • बेथानचोक जेसिज बर्ष २०२१ का नयाँ पदाधिकारीहरुले जिम्मेवारी सम्हालेका छन् ।

    माघ १७ गते शनिबार बेथानचोक गाउँपालिकाको सभाहलमा आयोजना भएको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बर्ष २०२० का अध्यक्ष राजेश तिमल्सिनाले बर्ष २०२१ का अध्यक्ष हरिकष्ण दाहाललाई तथा २०२१ का अध्यक्ष दाहालले आफ्नो कार्यसमितिका सदस्यहरुलाई सपथ खुवाएका थिए । बर्ष २०२१ को अध्यक्षमा दाहाल, कार्यकारीणी उपाध्यक्षमा कमल नेपाल र प्रदिप आचार्य, महासचिव डिगमान लामा, उपाध्यक्षहरु मोहन कृष्ण तिमल्सिना, राजदेव तामाङ, अजय तामाङ र ज्ञान बहादुर तामाङ, कोषाध्यक्ष शान्ति खत्री र कानुनि सल्लाहकार विनोद तिमल्सिना निर्वाचित भएका थिए । पदस्थापना तथा निर्वाचित अध्यक्षलाई सपथ ग्रहण निर्वाचन अधिकृत मातृ शाखा भकुण्डेबेशि जेसिज बर्ष २०२० का शाखा अध्यक्ष जेसि श्रीकृष्ण अधिकारीले सञ्चालन गरेका थिए ।

    पदस्थापना कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने मर्मलाई सबै राजनीतिक नेताहरुले जेसिजबाट सिक्नु पर्ने बताए । बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले स्थानीय तहसंग सहकार्य गरेर काम गर्न पनि जेसिज पदाधिकारीहरुलाई आग्रह गरे ।

    कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष शिवप्रसाद भुसाल, राष्ट्रिय महासचिव विकास मानन्धर, शिक्षक संघ बागमती प्रदेशका अध्यक्ष नारायण प्रसाद तिमल्सिना, एभिन्युज खबरका समाचार प्रमुख केदार कोईराला, बेथानचोक जेसिजका संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिना, बर्ष २०२० का अध्यक्ष राजेश तिमल्सिना, सम्मानित हुनेहरुबाट शिक्षासेवि डा. बलराम तिमल्सिना र सेन्चुरी कमर्सियल बैंकका सिनियर रिलेसनशिप म्यानेजर शेखर राज बस्ताकोटी लगायतले शुभकामनामन्तब्य राखेका थिए ।

    सोही कार्यक्रममा बेथानचोकमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त सफल व्यक्तित्व शिक्षासेवी चिफ अफ एजुकेशन युनेस्को काठमाडौंका डा. बलराम तिमल्सिना, तरुण साप्ताहिकका प्रधान सम्पादक परशु घिमिरे, नेपाल सरकारका सह–सचिब नवराज घिमिरे र चर्चित संगीतकार राजेश थापालाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस