नेपाली कांग्रेसका १० वटा भ्रातृ संगठनहरुले संसद विघटनको विरोधमा सोमबार काभ्रेमा संयुक्त प्रर्दशन गरेका छन् । संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडको राकथाम तथा नियन्त्रणमा उदाशिनताको विरोधमा उनीहरुले विरोध प्रर्दशन गरेका हुन् । ओली सरकार अलोकतान्त्रिक बाटोमा हिँड्न खोजेको भन्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा गाउँगाउँबाट आएका कार्यकर्ताले चर्का नाराबाजी समेत गरेका थिए । विभिन्न १० भातृसंगठनद्धारा आयोजना गरिएको बिरोधसभा गोदामचोकमा जम्मा भएर चारदोबाटो हुँदै तीनदोबाटोमा गएर सभामा परिणात भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभागका संयोजक शंकर भण्डारीले नेकपाको केपी ओली समूह र प्रचण्ड माधव समूहले सत्ताका लागि नेपाली कांग्रेसलाई निवदेन हाल्न आएको बताएका छन । उनले कम्युनिष्ट देश चलाउन सक्षम छैनन भन्ने दुई बर्ष मै प्रमाणित भइसकेको बताउँदै मुलुकको विकास, समृद्धि, सुशासन र राष्ट्रियताका लागि पुनः नेपाली जनताले कांग्रेस नै रहेछ भन्ने बुझने मौका पाएको बताए । कांग्रेसले जे बोलेको छ, त्यो पुरा भएका छन । तर कम्युनिष्ट एउटा कुरा बोल्छ काम भने अर्को गर्छ । त्यसैले पनि प्रत्येक बस्ती टोल र गाउँगाउँमा कम्युनिष्ट सरकारले गरेका अत्याचार, भष्ट्रचार, हत्या, हिंसाको जनतालाई काँगे्रसले जागरुक गराउन सक्नुपर्छ, उनले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले संसद पुनस्थापना पनि नहुने र आगमी बैशाखमा सरकारले तोकेको चुनाव पनि नहुने अवस्था आयो भने कांग्रेसले आन्दोलनको आधिँवेरी ल्याउने चेतावनी दिए । नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यले बोल्ने र गर्ने पार्टी छुट्याउन नसक्दा नेपाली जनताले पटकरपटक दुःख पाउने गरेको बताउँदै अब जनताले सहि र गतल पार्टी छुट्याउने समय आएको बताए ।
नेपाली कांग्रेसका जिल्ला सचिव दिनेश लामाले कालो वा सेता जस्तो विरालो भएपनि मुसा मार्ने नै भएको बताउँदै सडकमा गएको कम्युनिष्ट भएपनि सत्तामा गएको कम्युनिष्ट भएपनि सर्वसत्ताबाद लार्दन उद्धत रहेको बताए । पूर्व राज्य मन्त्री एवम् संविधान सभा सदस्य कञ्चनचन्द्र बादेले सरकारले लोकतन्त्रको हत्या गरेको आरोप लगाए । क्षेत्रीय सभापति तीर्थ लामाले प्रधानमन्त्री ओली आफूले जे बोल्यो त्यो नै कानून भएको जसरी प्रस्तुत भएको आरोप लगाए ।
कार्यक्रममा नेता इन्द्रमणि अधिकारी, पूर्व सांसद ललिता किङरिङ, महिला संघका अध्यक्ष शुभलक्ष्मी मानन्धर, भुपू सैनिक संघ काभ्रेका अध्यक्ष इन्द्रबहादुर दाहाल, नेपाल दलित संघका अध्यक्ष उस्पार सुनुवार लगायतले मन्तब्य राखेको कार्यक्रमको सभापतित्व नेपाल तरुण दल काभ्रेका सभापति दावा लामाले गरेका थिए ।
असंबैधानिक कदम विरुद्ध आगामी माघ २४ गते नेपाली काँग्रेसका सुभेच्छुक संस्थाहरुले विरोध प्रर्दशन गर्ने कार्यक्रम छ ।
बनेपा तरुणको छुट्टै र्याली
नेपाल तरुण दल बनेपा नगर समितिले छुट्टै कार्यक्रमको आयोजना गरेको छ । तरुण दल बनेपा नगर सभापति सुधिर बैद्यको नृतृत्वमा निकालिएको र्याली तीनदोवाटोमा पुगेर सभामा परिणत भएको थियो । अन्य भातृ संस्थाले सयुक्त कार्यक्रम गरेपनि बनेपा नगरसमितिले भने छुट्टै कार्यक्रम आयोजना गरिएको नेपाल तरुण दल बनेपा नगर सभापति सुधिर बैद्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस