
मिडियाचोक२०७७ माघ १८, आईतबार मा प्रकाशित २ साल अघि४११ पाठक संख्या
नेपाल पत्रकार महासंघलाई प्रविधिमैत्री र सुविधा सम्पन्न बनाउने उदेश्यले महासंघको कार्यालयमा कम्प्युटर, प्रोजेक्टर, सिसिक्यामेरा जडान तथा प्रिन्टर, स्क्यानर र फोटोकपी समेत गर्न सकिने गरी सामाग्रीहरुको ब्यवस्थापन गरेको छ । आईतबार महासंघ कार्यालयमा उक्त सामाग्रीको शुभारम्भ गरिएको छ ।

गुड विल कम्युनिटी फाउण्डेशनको सहयोगमा रोटरी क्लव अफ धुलिखेलको समन्वय, कम्युनिटी सर्भिस सेन्टरको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई पहिलो चरणमा पाँच सेट कम्प्युटर, एक सेट फोटोकपी, स्क्यानर सहित सुविधा भएको प्रिन्टर, एक थान प्रोजेक्टर उपलब्ध भएको छ । गुड विल कम्युनिटी फाउण्डेशनका नेपाल–भुटान प्रतिनिधि अशोक श्रेष्ठ, रोटरी क्लव अफ धुलिखेलका अध्यक्ष शुशिल ब्याञ्जु र कम्युनिटी सर्भिस सेन्टरका म्यानेजर अनुष श्रेष्ठले नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनालाई उक्त सामाग्री महासंघ कार्यालयमा हस्तान्तरण गरे । हस्तान्तरण लगत्तै उक्त सामाग्रिहरु प्रयोग गरी अध्यक्ष तिमल्सिनाले पत्रकारहरुका लागि संस्थागत सहयोग उपलब्ध गराउनु भएकोमा सहयोगि र समन्वय गर्ने संस्थाहरुलाई धन्यवाद ब्यक्त गरे । सामाग्रीले महासंघलाई प्रविधिमैत्री बनाउदै लैजाने अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।

गुडविल फाउण्डेशनका नेपाल भुटान प्रतिनिधि अशोक श्रेष्ठले विभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई सहयोग गर्ने क्रममा नेपाल पत्रकार महासंघलाई कम्प्युटर सहितका सामाग्री उपलब्ध गराएको बताए रोटरी क्लव अफ धुलिखेलका अध्यक्ष शुशिल ब्याञ्जुले रोटरी क्लवले सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यहरु गर्ने भएकाले सुचना प्रवाह गरी नागरिकहरुको आवाज बुलन्द गर्ने पत्रकार महासंघ र संचारकर्मीहरुको सुविधाका लागि सामाग्री हस्तान्तरण गरिएको बताए । कम्युनिटी सर्भिस सेन्टरका म्यानेजर अनुष श्रेष्ठले हस्तान्तरण गरिएका सामाग्रीमा प्राविधिक समस्या भए निशुल्क सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस