२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

काठमाडौंमा बर्ड फ्लु देखियो

  • २०७७ माघ १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ५८७ पाठक संख्या
  • नेपालमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ ।

    तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो ।

    त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा मिति शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

    संक्रमण पुष्टि भएसँगै सरकारले भारतबाट आयात हुने कुखुराजन्य वस्तुलाई प्रतिबन्ध लगाएको हो ।

    शनिबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमण फैलन नदिन सचेत रहन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस