२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

रोशीमा गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना

  • २०७७ माघ १६, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ५८२ पाठक संख्या
  • रोशी गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना भएको छ ।

    रोशीको हिउँदे अधिबेशनको अवसर पारेर काभ्रेका स्थानीय तह मध्ये तेश्रो भू–सेवा केन्द्रको रुपमा स्थापना भएको हो । केन्द्रको रोशी गाउँपालिकाका अध्यक्ष डि.वि लामा र प्रमख मालपोत अधिकृतले सयुक्त रुपमा भू–सेवा स्थापनाको शुभारम्भ गरेका थिए । शुभारम्भ कार्यक्रममा उपाध्यक्ष लक्ष्मी बर्तौला, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल, वडा अध्यक्षहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    सरकारले जग्गा पास गर्न चाहिने निवेदन र लिखत स्थानीय तहबाटनै तयार गर्ने निर्णय गरेपछि काभ्रेमै पहिलोपटक पाँचखाल नगरपलिकामा त्यसपछि नमोबुद्ध नगरपालिकामा भू–सेवा केन्द्र स्थापना भइसकेको छ ।

    सरकारले यो बर्ष भित्र ६० वटा मालपोत कार्यालयको काम स्थानीय तह मार्फत गर्ने निर्णय गरेको थियो । अहिले पहिलो चरणमा स्थानीय तहहरुले अनलाईनमा भएको फारम भरेर मालपोत कार्यालयमा निवेदन र लिखत पठाउनुपर्नेछ । स्थानीय तहले निवेदन र लिखत फारम भरिसकेपछि मालपोतको अनलाईनमा अपलोड गरिदिनुपर्नेछ । भू–सेवा केन्द्रमा जग्गा प्रशासनको काम अनलाईनमार्फत गर्नको लागि लिखत गरिने र त्यो लिखत गर्न यस अघि मालपोत कार्यालयले गत बर्ष ५२ जना र यो बर्ष ३ जना व्यक्ति तथा कानुन व्यवसायीलाई अनुमति दिइएको थियो ।

    मालपोत कार्यालयले स्थानीय तहका कर्मचारीहरुलाई भू–सेवाले गर्ने काम गराउनको लागि प्रारम्भिक चरणमा तालिम दिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस