२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

माटो विग्रन नदिन पाँचखाल नगरमा वडा स्तरीय माटो परीक्षण

  • २०७७ माघ १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १३९० पाठक संख्या
  • ‘पाँचखाल नगर कृषि शहर’ को नारा लिएको पाँचखाल नगरपालिकामा खेती योग्य जमिनको माटो विग्रन नदिन वडा स्तरीय माटो परिक्षण गरिएको छ । नगरपालिका प्रङगणमै ल्याब स्थापना गरेको नगरले बर्षेनी विभिन्न ठाउँको माटो परीक्षण गरिरहेको छ ।

    नगरमा रहेको उर्वरा भूमिलाई विग्रन नदिने साथै केही मात्रामा बिग्रीएको माटोलाई सुधार्नको लागि पहल सुरु गरिएको पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले जानकारी दिए । पाँचखल नगर नगरको १३ वटै वडामा माटो परिक्षण गर्ने कार्य सम्पन्न भएको पाँचखाल नगरका कृषि शाखा प्रमुख ईश्वर अधिकारीले जानकारी दिए । यो पटक डाँडा भेगको माटो परीक्षण गरिएको अधिकारीले जानकारी दिए । पाँचखाल नगरपालिकामा ब्याबसायिक रुपमा ताजा तरकारी बाह्रै महिना गर्ने भएको हुँदा यस क्षेत्रको माटो बिग्रीएको अबस्था छ । यस पाँचखाल क्षेत्रमा ताजा तरकारी खेती गर्दा रोग कीराबाट जोगउन र धेरै उत्पादन लिन अत्यधिक मात्रामा रासयनिक मल र विषादीको प्रयोग भैरहेको छ । जसले गर्दा यस क्षेत्रको माटोको अबस्था बिग्रेको छ ।

    ‘पाँचखाल नगरपालिकामा ब्याबसायिक रुपमा ताजा तरकारी बाह्रै महिना गर्ने भएको हुँदा यस क्षेत्रको माटो बिग्रीएको अबस्था छ । यस पाँचखाल क्षेत्रमा ताजा तरकारी खेती गर्दा रोग कीराबाट जोगउन र धेरै उत्पादन लिन अत्यधिक मात्रामा रासयनिक मल र विषादीको प्रयोग भैरहेको छ । जसले गर्दा यस क्षेत्रको माटोको अबस्था बिग्रेको छ । त्यसकारण पनि माटोको संरक्षणका लागि माटो परीक्षण कार्यक्रमलाई प्राथमिकता दिइएको हो ।’–शाखा प्रमुख अधिकारीले भने ।

    यो पटक नगरको १३ वटै वडाका ८ सय ८३ माटोको नमूना परिक्षण गरिएको छ । माटोको परिक्षणको नतिजा अनुसार समग्रमा माटोको पि.एच. ४.० देखि ७.५ सम्म आएको छ । माटोको पि.एच. ६.० देखि ७.० भयो भने जुनसुकै वालीको लागि उपयुक्त मानिन्छ तर माटोको पि.एच. ६.० देखि तल र ७.० देखि माथि आएको अवस्था छ । अधिकाम्स माटोको पि.एच. ६.० देखि तल आएको हुँदा सिफारिसको मात्रामा कृषि चूनको प्रयोग गर्नु पर्ने देखिन्छ । माटोको पि.एच. ७.० देखि माथि आएकोमा जमिनमा जिप्सम प्रयोग गर्नुपर्ने भएको छ । माटोको पि.एच. को रिपोर्ट आधारमा कृषि चूनको प्रयोग विधि र चूनको मात्रा सिफारिस गरेको छ । गत बर्ष पनि माटोमा पि.एच को मात्रा कम देखिएपछि नगरले १ लाख किलो चुन बितरण गरेको थियो ।

    माटो परिक्षण पश्चात कृषकहरु आफ्नो माटोको अवस्थाको बारेमा जानकारी लिएर माटो सुरक्षीत गराउने तरखरमा जुटेको नगरको कृषि शाखाले जनाएको छ । पाँचखालका कृषकले बार्षिक रुपमा सामान्यतया कम्तिमा ३ लाख सम्मको तरकारी बिक्रि गर्दै आएका छन् ।

    वडा वडामा भएको माटो परीक्षण कार्यक्रममा प्रमुख महेश खरेल, उपप्रमुुख लक्ष्मी दनुवार, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाई, वडा अध्यक्षहरु, वडा सदस्यहरु, कृषि शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस