२०७७ फागुन १३, बिहिबार | Thu, 25, Feb, 2021

सेवा घरलाई पाँचखाल नगरपालिकाको १० थान ब्ल्याङ्केट सहयोग, २ लाख नगद सहयोग गर्ने घोषणा

  • २०७७ माघ १५, बिहिबार मा प्रकाशित ३ हप्ता अघि
  • १३० पाठक संख्या
  • धुलिखेल नगरपालिका वडा नं ४ मा रहेको मानव कल्याण समाज (सेवा घर) लाई पाँचखाल नगरपालिकाले १० थान ब्ल्याङ्केट सहयोग गरेको छ ।

    त्यस्तै नगरपालिकाले २ लाख नगद दिने घोषणा समेत गरेको छ । सेवा घरको अवलोकन गर्दै नगर प्रमुख महेश खरेलले नगरको तर्फबाट ब्ल्याङ्केट हस्तान्तरण सहित २ लाख नगद दिने घेषणा गरेका हुन् । नगरप्रमुख खरेलले मानव सेवा घरमा रहेका बृद्धबृद्धा तथा बालबालिकाहरुको लागि व्यक्तिगत रुपमा कपडा संकलन गरेर वितरण गर्ने समेत जानकारी दिए । उनले विभिन्न फजुल खर्च कटाएर यस्तो पवित्र संस्थामा सहयोग गर्न समेत अनुरोध गरे ।

    कार्यक्रस्थलमा तत्कालै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईले नगद ५ हजार तथा लेखापाल शुसिला पाठकले १५ सय रुपैया नगद सहयोग गरेका थिए । कार्यक्रममा नगरप्रमुख खरेल, प्रमुख प्रशासकीय अधिकृत हुमेगाई, लेखापाल पाठक, धुलिखेल नगरपालिका वडा नं ४ का अध्यक्ष रविन्द्र कर्माचार्य, सदस्यहरु लक्ष्मण ढकाल, उत्तम तिमल्सिना, सजना परियार लगायतको सहभागिता रहेको थियो ।

    सेवा घरमा बालबालिका र बृद्धबृद्धा गरी ३५ जना रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस