२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

भकुण्डेबेशी जेसिज र जुनियर जेसिजको सयुक्त पदस्थापना

  • २०७७ माघ १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • १३११ पाठक संख्या
  • भकुण्डेबेशी जेसिज र जुनियर जेसिजको सयुक्त पदहस्तान्तरण भएको छ ।

    भकुण्डेमा आयोजना भएको कार्यक्रममा भकुण्डेबेशी जेसिजको बर्ष २०२० का अध्यक्ष श्रीकृष्ण अधिकारीले बर्ष २०२१ का अध्यक्ष सुदर्शन चिमौरियालाई तथा जुनियर जेसिज बर्ष २०२० का अध्यक्ष विजय लामाले बर्ष २०२१ का अध्यक्ष विजय खनाललाई पद हस्तान्तरण गरेका थिए । भकुण्डेबेशी जेसिजका पूर्व अध्यक्षहरुले अधिकारीको गलामा लगाएको चेन चिमौरियाको गलामा लगाइदिएका थिए ।

    कार्यक्रममा नयाँ कार्यसमितिलाई शपथ समेत खुवाईएको छ । बर्ष २०२० का अध्यक्ष अधिकारीले बर्ष २०२१ का अध्यक्ष चिमौरियालाई तथा बर्ष २०२१ का अध्यक्ष चिमौरियाले बोर्डका सबै सदस्यलाई सपथ खुवाएका थिए । त्यस्तै जुनियर जेसिजका बर्ष २०२० का अध्यक्ष लामाले बर्ष २०२१ का अध्यक्ष खनाललाई तथा बर्ष २०२१ का अध्यक्ष खनालले बोर्डका सबै सदस्यलाई सपथ खुवाएका थिए ।

    कार्यक्रममा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत जनार्दन रिजाल, नेपाल जेसिजका बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष शिव भुषाल, उपाध्यक्ष विमला सुवेदी, नमोबुद्ध नगरपालिकाका वडा नं २ का अध्यक्ष सञ्जिब ढकाल, वडा नं ४ का अध्यक्ष उद्धव काफ्ले, भकुण्डे चेम्बरका विदुर बर्तौला, भकुण्डेबेशी जेसिजका संस्थापक अध्यक्ष पुष्कर काफ्ले, बर्ष २०१४ का अध्यक्ष हरिहर अधिकारी, बर्ष २०१५ का अध्यक्ष यन्त्रनाथ खनाल, बर्ष २०१७ का अध्यक्ष कपिल कोईराला, बर्ष २०१८ का अध्यक्ष एवं नेपाल जेसिज बर्ष २०१९ का उपाध्यक्ष रुकमणी सिग्देल, बर्ष २०१९ का अध्यक्ष केपी तिमल्सिना लगायत विभिन्न शाखाका अध्यक्ष एवं जेसिजहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस