२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

महाभारतको घर्तीछापमा ग्यास लिकेज भएर आगलागी, सामान सबै जलेर नष्ट

  • २०७७ माघ १४, बुधबार मा प्रकाशित २ साल अघि
  • ८३२ पाठक संख्या
  • महाभारत गाउँपालिका ८ घर्तिछापको एक घरमा ग्यास लिकेज भएर आगलागी हुँदा पसल सहित सबै सामान जलेर नष्ट भएको छ ।

    महाभारत ८ का फौद बहादुर ज्ञान्ध्रीस मगरको घरमा मंगलवार बेलुका खाना बनाउने क्रममा अचानक ग्यास लिकेज भै आगलागी हुदाँ पसल सहित घरका सम्पुर्ण सामान जलेर नष्ट भएको हो । काठ बाट बनेको घर भएकोले जलेर बस्न नमिल्ने भएको मगरले जानकारी दिए ।

    आगलागीबाट मानवीय क्षति नभएपनि पसल, पसलमा रहेको हाँस कुखुरा समेत जलेको छ । मगरले प्रारम्भीक रुपमा लगभग १० लाखको क्षति भएको जानकारी दए ।

    तस्वीर होमेन्द्र रानाको फेसबुकबाट

    प्रतिक्रिया दिनुहोस