प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९, २४ गते र फागुन ३ गते ७७ जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो । १९ गते भ्रातृ संस्थाहरुले र २४ गते शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त विरोध प्रदर्शन र सभा गर्नेछन् ।
फागुन ३ गते जिल्ला कार्यसमितिहरुले सदरमुकाममा विरोध प्रदर्शन र सभा गर्ने कांग्रेसले जनाएको छ ।
नेताहरुका अनुसार फागुन दोस्रो साता सात प्रदेश र काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी छ ।
संसद विघटनलाई असंवैधानिक भनेको कांग्रेसले केन्द्रले तोकेका बाहेक जिल्ला कार्यसमिति लगायत पार्टीका विभिन्न निकाय र भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले विरोधका कार्यक्रम तय गरी सञ्चालन गर्नसक्ने समेत बताएको छ ।
बैठकले संसद विघटनविरुद्ध बृहत नागरिक आन्दोलनले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको भन्दै भत्र्सना गरेको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सार्वजनिक रुपमा व्यक्त गरेका अभिव्यक्तिहरुप्रति आपत्ति जनाएको छ ।
‘
प्रतिक्रिया दिनुहोस