२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

लागु औषध सहित दुई जना पक्राउ

  • २०७७ माघ १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ७०१ पाठक संख्या
  • ईलाका प्रहरी कार्यालय मंगलटारले लागु औषधि सहित दुई जनालाई पक्राउ गरेको छ ।

    विपी राजमार्गमा चल्ने सवारी साधनहरु चेक जाँच गर्ने क्रममा लागु औषध सहित चौरिदेउराली गाउँपालिका वडा नं को १९ बर्षिय शम्सेर घिसिङ र सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं २ बस्ने २७ वर्षीय अजित कामतलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए ।

    उनीहरुको साथबाट नाईट्राभेट–१० नामक लागुऔषध २८ पत्ताको ८४० गोली, डाईजापान ईन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान र फेनारागन १० थान फेला परेको खड्काले जानकारी दिए । उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएस्पी कुमार विक्रम थापाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस