२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

दिपेन्द्र र अरविन्द्रको अभिनयमा ‘भयो हाम्रो भेट’ सार्वजानिक

  • २०७७ माघ १३, मंगलबार मा प्रकाशित २ साल अघि
  • ९५२ पाठक संख्या
  • लोकदोहोरी गित बजारमा आउने क्रममा सुमित्रा सत्यालको निकै आशा लाग्दो माया पिरतिमा आधारीत लोक दोहोरी गित ‘भयो हाम्रो भेट’ बजारमा आएको छ । मिलन फिल्मस् युटुब च्यानल बाट गित सार्वजानिक भएको हो ।

    मोबाइल रिपेयर बाट मोडली क्षेत्रमा पाइला अगाडी बढाएका दिपेन्द्र श्रेष्ठ सिन्धुपाञ्चोक जिल्लामा जन्मेका हुन । कलाकारीता क्षेत्रमा रुचि बढाउदै मोडलिङमा जम्न मन लागेको कारण यस क्षेत्रमा पाइला अगाडी बढेको श्रेष्ठको भनाई छ । त्यस्तै पत्रकारीतामा क्रियाशिल रहेका अरविन्द्रले समेत अभिनय गरेका छन् ।

    गायिका सुमित्रा सत्याल र रमेश श्रेष्ठको आवाजमा गित बजारमा आएको छ । रेशम थापाको लय, सुमित्रा सत्यालको शब्द र संजय श्रीपालको एरेन्ज रहेको छ भने भिडियोको निर्देशन राजु बिरही सापकोटले गरेका छन् । काठमाण्डौको बिभिन्न रमणीय स्थानमा विपिन क्षेत्रीले छायाँकन गरेका छन् । विपिन क्षेत्रीले छायाँकन गरेका भिडियोहरु चर्चामा नै रहेका छन् यस गितले कतिको चर्चा पाउला त्यो त र्हर्न बाँकी छ ।

    भयो हाम्रो भेट बोलको गित लाई रोशन धितालले सम्पादन गरेका छन भने गितको भिडियोमा श्रेष्ठ, गौतम लगायत रानिया भण्डारी, निशा मगरको अभिनय देख्न सकिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस