काभ्रेको पनौती नगरभित्रका व्यवसाय गर्दै आएका व्यवसायिहरुलाई कर बारे सचेतना जगाउने उद्धेश्यले पनौतीमा कर सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
पनौती नगरपालिका, पनौती उद्योग बाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय धुलिखेलले संयुक्त रुपमा आयोजना गरेको कर सचेतना तथा अभिमुखिकरण कार्यक्रममा पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाभित्रका व्यवसायीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको पनौती उद्यँेग बाणिज्य संघका महासचिव महेश पौडेलले जानकारी दिए ।
पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले करदाता शिक्षाको कमिका कारण करदाताहरुले धेरै समस्या झेलिरहेको कारण कर सचेतना कार्यक्रम सञ्चालन गरेको बताए ।
कर सचेतना तथा अभिमुखिकरण कार्यक्रममा करदाताहरुको विज्ञासा र गुनासोलाई सम्बोधन गर्दै आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत कमल बहादुर राजवलटले ठुला व्यवसायिहरुलाई कर तिर्न झन्झट नहुने र सानालाई बढी समस्या हुने गरेकोमा त्यसलाई अब सुधार गर्न कार्यालयको तर्फबाट सहजिकरणको कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले व्यवसायिहरुले लिएको प्यान प्रमाणपत्र र पसलमा नै राख्न र स्थायी लेखा नं। राख्न आग्रह गर्दै अनुमगनमा क्रममा त्यसो नगरेको पाइएमा जरिवाना लाग्ने विषयमा उनले करदाताहरुलाई सचेत गराए । सो क्रममा उहाँले जुनसुकै प्रकारका व्यवसायले आफ्नो कारोबारको हिसाब लेखित रुपमा दुरस्त राख्नै पर्नेमा जोड दिए । कार्यक्रममा व्यवसायीहरुले नगरपालिकाबाट फरक/फरक तरिकाले कर लिएको, कर कार्यालयमा सेवाग्राहीले धेरै लाइृन बस्नु पर्ने र झण्झट व्यहोर्नु पर्ने, कार्यालय जाँदा कुरा पनि राम्रोसंग नबुझाउने गरेको कारण समस्याका कारण पनि अर्को दुःख पाउने गरेको र सम्बन्धीत निकायले अनुगमन गर्दा शक्तिको खेलमा लागेर कसैलाई कम र कसैलाई बढी जरिवाना गर्ने गरेको गुनासो धेरै पाईएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
पनौती नगरपालिका उपप्रमुख गीता बञ्जाराले करको दरलाई बढाउने भन्दा पनि करको दायरालाई बढाउनुपर्ने विषयमा नगरपालिकाले सोचेर कदम चाल्ने बताइन । उनले आफु नगरपालिकाको राजस्व परामर्श समितिको संयोजक पनि भएको कारण नगरभित्र विगतमा भन्दा व्यवसायीहरुलाई व्यवसाय दर्ता गर्ने काममा निकै सहज बनाउँदै लाने जानकारी दिईन् ।
गुर्जोको चिया खुवाउँदै सचेतना
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले गुर्जोको चिया खुवाउदै करदाता शिक्षा दिएका थिए । उपस्थित सबैलाई प्रमुख कर अधिकृत राजलवटले गु्र्जोको चिया खुवाउदै गुर्जो चियाको प्याकेट समेत बितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस