२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

काभ्रे पनौतीका एक कोरोना संक्रमितको मृत्यु

  • २०७७ माघ ११, आईतबार मा प्रकाशित २ साल अघि
  • ७७९ पाठक संख्या
  • काभ्रेमा आईतवार एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पनौती नगरपालिकाका ७४ वर्षिय पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार संक्रमित पुरुषमा पौष २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा धुलिखेल क्रममा मृत्यु भए हो ।

    योसँगै जिल्लामा कोरोना संक्रमणका मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

    जिल्लामा अहिले १६ जना महिला र १४ पुरुष गरी ३० जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काभ्रेका कुल संक्रमित संख्या ३३ सय २४ जनामध्ये ३२ सय ४९ जनाकोरोना संक्रमण मुक्त भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस