२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

  • २०७७ माघ ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • ४८७ पाठक संख्या
  • नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटसमेत निष्काशन गर्ने निर्णय गरेको छ ।

    आइतबार पाटी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

    ओलीले पार्टीको नीति विपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ गते बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने रु भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही बमोजिम माघ ५ गते उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए ।

    ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो । तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको ताइएको छ ।

    प्रतिक्रिया दिनुहोस