विप्लब माओवादीले आयोजना गरेको बन्दको पूर्व सन्ध्यामा काभ्रेको नार्केमा बम विस्पोट भएको छ भने बनेपाको बुडोलमा बम डिस्पोज भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार राती ३ः४५ बजे रोशी गापा ८ नार्केमा बिपि राजमार्गको बाँया साईटमा सिलिण्डर बम विस्फोट भएको जनाएको छ । गाडीको टायर बलिरहेको भन्ने जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय मंगलटारबाटबाट प्रहरी घटनास्थल पुग्को थियो । टायर माथि सिलिण्डर बम पड्काए पनि बिस्फोटबाट मानबिय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।
त्यस्तै बनेपाको बुडोलमा राखिएको प्रेसर कुकर बम नेपाली सेना र प्रहरीले डिस्पोज गरेको छ । विहान ३:४५ बजे बनेपा नपा ६ बुडोल डाँडाको सडक छेउमा झोला भित्र राखिएको कुकर बम १५ गण हेक्ववाटर काभ्रेबाट सप्रनानि बोम बहादुर सारु, ईलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिना र नेपाली सेनाको बिष्णुदल गण धुलिखेलबाट लप्टन कपिल थापाको कमाण्ड खटिएको टोलीले बम डिस्पोज गरेको थियो । बम राखिएको हल्ला पछि रोकीएका सवारी सधाभन अहिले सुचारु भएका छन् ।
प्रतिक्रिया दिनुहोस