२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

‘लकडाउन’ले बेकरी व्यवसायी बने नविनप्रकाश

  • २०७७ माघ ८, बिहिबार मा प्रकाशित २ साल अघि
  • १४०८ पाठक संख्या
  • कोरोना महामारीले धेरैले ज्यान गुमाए । धेरैले रोजगार गुमाए । तर महामारीको विचमा भएको लकडाउनको समयको सदुपयोग गर्दै पाँचखाल ४ का नविनप्रकाश निरौला बेकरी व्यवसायी बनेका छन् ।

    २५ वर्ष सम्म स्टेशनरी अर्थात बुक्स एण्ड स्टेशनरीको ब्यवसाय संचालन गर्दै आएका निरौलाले लकडाउन पछि ब्यवसाय नै बदलेका छन् । स्टेशनरीलाई कम प्राथमिकतामा राखी निरौलाले वार्सा क्याफे एण्ड बेकरी शुभारम्भ गरेका छन् ।

    लकडाउन धेरैका लागि घाटा भएपनि त्यसको सदुपयोग गर्दै क्याफे र बेकरी उद्योग स्थापना रेको निरौलाको भनाई छ । क्याफेमा घर परिवारका सदस्य बाहेक ५ जनाले रोजगारी समेत प्राप्त गरेका छन् । क्याफेमा कफिका विभिन्न प्रकारका साथै बेकरी उपलब्ध छ । पाँचखाल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका निरौला सामाजिक क्षेत्रमा कृयाशिल छन् । अरनिको राजमार्गको पाँचखाल बजार क्षेत्रमा गुणस्तरीय र आरामदायी पुर्वक बस्न मिल्ने क्याफे र बेकरीका रुपमा बार्साको स्थापना गरिएको उनले बताए ।

    बुबा स्व. बलप्रकाश निरौला सर्वगमंगला माध्यमिक विद्यालयमा अंग्रेजी विषयको शिक्षक हुँदा पाँचखालको तामाघाटमा न्यू सरस्वती बुक्स एण्ड स्टेशनरी पसलको स्थापना गरेका थिए । सोहि बुक्स पसललाई निरन्तरता दिदै गुणस्तरीय खानेकुरा उपलब्ध गराउने उद्देश्यले रेस्टरुम सहितको फास्टफुड क्याफे खोलेको निरौलाको भनाई छ । उनले पुस्तकालय र क्याफे सँगै सञ्चालन गर्ने समेत जानकारी दिए ।

    पाँचखाल बजारमा छिट्टै अर्को क्यफे शुभारम्भ गर्ने योजना रहेको बताउँदै निरौलाले मण्डनदेउपुर नगरपालिकाको कुन्ताबजारमा पनि शो रुम शुरु गर्ने योजना बनाएका छन् । २५ लाख लगानीमा रहेको उक्त क्याफे पुष २० गते पाँचखाल नगर प्रमुख महेश खरेलले शुभारम्भ गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस