लागुऔषध दुर्ब्यसन विरुद्ध पाँचखालमा अभियान सञ्चालन भएको छ ।
‘समाजको सिर्जना, तपाई अनि हाम्रो चाहना’ भन्ने अभियानका साथ जीवन विरुद्ध दुर्ब्यसन नामक संस्थाले लागु औषध दुर्ब्यसन विरुद्ध अभियान संचालन गरी पाँचखाल नगरपालिकाको पाँचखालमा सुधार गृह स्थापना गरी दुर्ब्यसन विरुद्ध अभियान संचालन गरिरहेको अध्यक्ष रविन लामाले बताए । लागु औषध प्रयोग पछि एचआईभी एड्स, हेपाटाईटिस, यौनजन्य संक्रमण विरुद्ध निरन्तर अभियान संचालन गर्ने अध्यक्ष लामाको भनाई छ ।
पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले विद्यालय तह देखि बालबालिकाहरु लागु औषधको दुर्ब्यसनमा लाग्ने गरेको उदाहरण दिदै त्यसलाई रोक्न स्थानीय सरकारको तर्फबाट सहयोग रहने बताए । उनले घरबाटै विभेदका कुराहरुमा कन्ट्रोल गर्दै आफ्ना सन्तानको ख्याल गर्नुपर्नेमा जोड दिए ।
उपप्रमुख लक्ष्मी दनुवारले दुर्ब्यसनका कारण महिलाहरु पीडामा परेको बताउँदै यसको समाधानका लागि सबै क्षेत्रको सक्रियता रहने बताइन ।
कार्यक्रममा वडा अध्यक्ष सञ्जय लामाले हरेक वडामा रहेका विद्यालय र टोलहरुमा बालबालिकाहरु दुर्ब्यसनमा फस्दै गएकोले त्यस विरुद्ध कार्यक्रम सञ्चालन हुनुपर्ने बताए । कार्यक्रममा पाँचखाल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नविनप्रकाश निरौला लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा लागु औषध प्रयोग गरी छाडेका पूर्व लागु औषध प्रयोगकर्ता प्रकाश सिटौलाले आफ्नो अनुभव सुनाएका थिए ।
उक्त संस्थाले सिन्धुपाल्चोक जिल्लामा सामुदायिक हेरचाह केन्द्र स्थापना गरी त्यस क्षेत्रका संक्रमितहरुलाई सेवा दिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस