२०८० फागुन १७, बिहिबार | Thu, 29, Feb, 2024

केयूको उपकुलपतिमा डा. भोला थापा नियुक्त

  • २०७७ माघ ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ५३८ पाठक संख्या
  • काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् ।

    थापालाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गरेका हुन ।

    थापा काठमाडौं विश्वविद्यालयका पूर्व रजिष्ट्रार तथा डिनको रुपमा काम गरिसकेका व्यक्ती हुन् । शिक्षामन्त्री एवम् सहकुलपति कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले केयूको उपकुलपतिका लागि वर्तमान उपकुलपति डा. रामकण्ठ माकाजु, भोला थापा र बालचन्द्र लुइँटेललाई सिफारिस गरेको थियो । यी तीनमध्येबाट थापालाई उपकुलपति नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    दुई वर्ष कार्यकाल पूरा गरेर उपकुलपति माकाजु यही फागुन १० गते बिदा हुँदैछन् । केयूको उपकुलपतिका लागि ४४ व्यक्तिहरुले आवेदन दिएका थिए ।

    केयूका प्राध्यापक र कर्मचारीहरुले भने दुई वर्षे कार्यकालमा विवादित छवि बनाएका माकाजुलाई फेरि उपकुलपति नबनाउन दबाबमुलक अभियान सन्चालन गर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस