२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

पाँचखाल नगरका ७६ जनाको मोतिविन्दुको अप्रेशन

  • २०७७ माघ ६, मंगलबार मा प्रकाशित २ साल अघि
  • ६६१ पाठक संख्या
  • पाँचखाल नगरपालिकालाई मोतिविन्दु मुक्त नगर बनाउने अभियान जारी छ । यहि अन्तर्गत नगर भित्र रहेका मोतिविन्दुको पहिचान गरी अप्रेशन गरिएको छ ।

    पाँचखाल नगरपालिकाको अनैकोट, साठ्ठीघर, बालुवा तथा नगरपालिका प्राङ्गणमा भएको आँखा शिविरबाट छानिएका १ सय ५ जना मोतिविन्दुको विरामी मध्ये ७६ जनाको निःशुल्क अप्रेशन गरिएको छ । पाँचखाल नगरपालिका, मट्रिका आई सेन्टर, पाँचखाल उद्योग बाणिज्य संघ संघको सहकार्य र आर्थिक विकास मित्र साकोसको आर्थिक सहयोगमा भएको आँखा शिविरमा चार ठाउँमा गरी ३ सय ६६ जनाले आँखा जाँच गराएका थिए ।

    नगरलाई मोतिविन्दु मुक्त नगर बनाउने अभियान अनुसार आँखा जाँच सँगै मोतिविन्दुको अप्रेशन गरिएको पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले जानकारी दिए । नगरपालिकाले बर्षै पिच्छे आँखा शिविर र शिविरबाट छानिएका मोतिविन्दुको निःशुल्क अप्रेशन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस