२०८० फागुन ११, शुक्रबार | Fri, 23, Feb, 2024

पनौती जेसिजमा मिराको नेतृत्व

  • २०७७ माघ ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • १०४० पाठक संख्या
  • पनौती जेसिजको २३ औं साधारणसभाले बर्ष २०२१ को लागि मिरा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

    त्यस्तै निवर्तमान अध्यक्ष अनिल बोलखे, कार्यकारिणी उपाध्यक्षमा आरती सापकोटा र प्रकास हुमागाई, कानुनी सल्लाहकारमा अनिश ब्लोन लामा, उपाध्यक्षमा विजय सापकोटा लगायत चयन भएका छन् । अन्य मनोनित पदहरु मनोनित हुन बाँकी रहेको अध्यक्ष गिरीले जानकारी दिईन ।

    पनौती जेसिजको २३ बर्षे यात्रामा गिरी दोश्रो महिला अध्यक्ष चयन भएकी हुन् । यस अघि २०११ मा उमा बस्नेत अध्यक्ष भएकी थिईन ।

    प्रतिक्रिया दिनुहोस