२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

पाँचखाल नगरले हिउँदे सभामा घरेलु मदिरा सम्बन्धि नीति पास गर्दै

  • २०७७ माघ ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ११८३ पाठक संख्या
  • स्थानीय सरकारले आफ्नो निकायमा सुशासनका लागि भूगोल सुहाउँदो नीति बनाउने गर्दछन् ।

    बनेका नीतिले कार्यसम्पादनमा सहजता समेत आउने गर्दछ । यस्तैमा पाँचखाल नगरपालिकाले घरेलु हिंसा न्यूनिकरणका लागि घरेलु मदिरा सम्बन्धि नीति तयार गरेको छ ।

    घरेलु हिंसा वृद्धी हुनुको मुख्य कारण मदिरा पनि भएको निक्र्योल निकाल्दै नगरपालिकाले घरेलु मदिरा सम्बन्धि नीतिको ड्राफ तयार पारेको छ ।

    नगरपालिकाको ८ औँ हिउदे अधिवेशनमा अहिले तयार पारिएको नीति पेश गरिने नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिइन ।

    उपप्रमुख दनुवारका अनुसार नगरपालिकाको न्यायीक समितिमा यो आर्थिक वर्ष २ वटा विवाद घरेलु हिंसा दर्ता भएको छ । जसको २ वटै विवाद समाधान भइसकेको छ ।

    नगरपालिकाले नीतिमा मदिरा सेवनको लागि उमेरहद, समय, कार्डको व्यवस्था, एक दिनको लागि आउनुभएको पाहुनाले समेत कार्ड लिएरमात्र उपयोग गर्न पाउने व्यवस्था गर्न लागेको उपप्रमुखले जानकारी दिईन ।

    प्रतिक्रिया दिनुहोस