२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

ओली निकट नेकपाका युवाको काभ्रेमा शक्ति प्रर्दशन

  • २०७७ माघ ३, शनिबार मा प्रकाशित २ साल अघि
  • ५३७ पाठक संख्या
  • केपी ओली निकटका युवाहरुले काभ्रेको बनेपा, धुलिखेल र पनौतीका विभिन्न स्थानमा मोटरसाईकल र्‍याली मार्फत शक्ति प्रर्दशन गरेको छ ।

    जिल्ला संयोजक विक्रम चौलागाई र सह संयोजक राजकुमार श्रेष्ठ दुबै ओली समुहमा सक्रिय भए पछि जिल्लामा पहिलो पटक शक्ति प्रर्दशन गरेका हुन् । राजकुमार पुर्व माओवादी निकट वाईसिएलमा आवद्ध थिए भने चौलागाई एमाले निकट युवा संघका अध्यक्ष थिए । शक्ति प्रर्दशन पछि पनौतीमा बृहत्त कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेताहरुले प्रशिक्षण मुलक मन्तब्य राखेका थिए ।

    कार्यकर्ता भेलालाई नेकपा केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज पुर्व मन्त्री गोकुल बास्कोटाले युवाहरुलाई शशक्त रुपमा उभिन आब्हान गरे । मुलुक निर्माण, समृद्धी, आत्मसम्मान, प्रगतिको बाटोमा अगाडी बढाउन निर्वाचनको विकल्प नभएको बास्कोटाले बताए । उनले प्रचण्ड र माधव नेपाललाई भित्ते प्रधानमन्त्री हुने सपना नदेख्न चुनौती दिए ।
    कार्यक्रममा नेकपा काभ्रे अध्यक्ष अशोक ब्याञ्जुले बैचारिक संगठन निर्माणमा जोड दिदै चेतना र योजना भएका युवाहरु तयार गरी मुलुक निर्माणमा लाग्न युवाहरुलाई आब्हान गरे । जिल्लाका १ सय ३५ वटा वडा, १३ वटा पालिका, चारवटा प्रदेश कमिटी र दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरीय कमिटी निर्माण गरी निर्वाचनमा होमिन युवालाई अनुरोध गरे ।
    कार्यक्रममा राष्ट्रिय युवा संघका सह संयोजक रमेश पौडेल, नेकपा केन्द्रिय सदस्यहरु पुर्व राज्य मन्त्री रेशम लामा, संविधान सभा सदस्य रामहरी सुवेदी, प्रदेश सभा सदस्य चन्द्र लामा, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, युवा नेताहरु, विद्यार्थी नेताहरु, जिल्लाका नेताहरुको सहभागिता रहेको थियो ।

    शनिवार दुबै समुहको एकै पटक भेला आयोजना गरिएको थियो । ओली समुहले पनौतीमा युवाहरुको भेला आयोजना गरेको थियो । प्रचण्ड माधव समुहले नमोबुद्धको भकुण्डे तथा चौरीदेरालीको काठमाण्डौमा भेला आयोजना गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस