२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

संसद विघटनको विरुद्धमा काभ्रेका १३ वटै पालिकामा विरोध प्रर्दशन (फोटो फिचर)

  • २०७७ माघ ३, शनिबार मा प्रकाशित २ साल अघि
  • १०६१ पाठक संख्या
  • असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेसले काभ्रेका १३ वटै पालिकामा विरोध प्रर्दशन गरेको छ ।

    सरकारले प्रतिनिधिसभा विघटन गरेको बिरोधमा काभ्रेका १३ लगायत मुलुकका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो ।

    काभ्रेका १३ वटा स्थानीय तहमा भएको विरोध प्रदर्शनमा केन्द्रीय नेताले सम्बोधन गरेका थिए ।

    काभ्रेको व्यापारिक केन्द्र बनेपा नगरपालिकामा नेपाली काँगेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले संवोधन गरेका थिए । कार्यक्रममा जिल्ला सभापति मधु आचार्य, प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति कञ्चनचन्द्र वादे, जिल्ला कोषाध्यक्ष कृष्णगोपाल भैल, प्रदेश सभा सभापति विदुर घिमिरे, काँग्रेसका नेताहरु योगराज दाहाल, सुर्यनारायण नापित, साँस्कृतिक संघका अध्यक्ष हरि कर्माचार्य लगायतले मन्तब्य राखेका थिए ।

    पनौती नगर समितिद्धारा आयोजित विरोध सभालाई नेपाली काँग्रेसका नेता रमेश लेखकले सम्बोधन गरेका थिए । कार्यक्रममा जिल्ला सभापति मधुप्रसाद आचार्य, उपसभापति गोविन्द बहादुर थापा, पूर्व सांसद एवम् प्रतितिनिधि सभाका सभापति तीर्थ लामा, नेता तीर्थ पसखल, नगरसभापति रामशरण भण्डारी, अन्जु रञ्जित लगायतले मन्तव्य राखेका थिए ।

    पाँचखाल नगर समितिको कार्यक्रमलाई केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, पाँचखाल नगरपालिकाका मेयर एवं प्रदेश समितिका सभापति महेश खरेल, नेता कुमार लामिछाने, सुन्दरमणि आचार्य, डा. राम थपलिया, सावित्रि लामिछाने, क्षत्रीय उपसभापति बेल लामा, वडा अध्यक्ष संजय तामाङ र किरण श्रेष्ठ, क्षत्रीय सहसचिव सुन्दर लामा, जिल्ला सदस्य एवं नगर उपसभापति हरि दुलाल, वडा नं का सभापति राजन कार्की, नगर सहसचिव राजाराम मिश्र नगर नगरसभापति गणेश अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

    त्यस्तै भुम्लु गाउँपालिकामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले संवोधन गरेका थिए । कार्यक्रममा जिल्ला सदस्य तस्विर लामा, उपाध्यक्षको प्रत्यासी शान्ता क्षेत्री, तरुण दल कार्यावहाक अध्यक्ष दावा लामा लगायतले मन्तव्य राखेका थिए ।

    त्यस्तै नमोबुद्धमा नगरसभापति कुन्साङ लामाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल बिद्यार्थी संघका पुर्व सभापति नैनसिं महरको प्रमुख आतिथ्यतामा भएको थियो । सभामा सुचना तथा संचार बिभागका सदस्य मधुकर खनाल, जिल्ला सदस्य दिनेस भुर्तेल, सन्त लामा, इन्द्रबहादुर दहाल लगायतले मन्तब्य राखेका थिए ।

    मण्डनदेउपुर नगर समितिद्धारा आयोजित बिरोध सभालाई नेपाली काँग्रेसका नेता नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रञ्जित कर्णले संवोधन गरेका थिए । कार्यक्रममा जिल्ला उपसभापति अच्यूत पौडेल, काँग्रेस क्षत्रीय सभापति महेश खरेल, क्षत्रीय सचिव आनन्द सापकोटा, नेता कमल लामा, नगर सभापति रामहरि सापकोटा लगायतले मन्तब्य राखेका थिए ।

    तेमाल गाउँपालिकामा बाग्मती प्रदेश सांसद एवं प्रमुख सचेतक राघा घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । गाउँ सभापति तेमाल सिं तामाङको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य जोगलाल लामा, महाधिवेशन प्रतिनिधि गुमान लामा, तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गा मायाँ तामाङ, तरुणदल क्षेत्रीय सभापती गोर्खा लामा लगायतले मन्तब्य राखेका थिए ।

    धुलिखेल नगर समितिद्धारा आयोजित बिरोध सभामा जेष्ठ सदस्य मिश्रीलाल व्याञ्जुले सम्बोधन गरेका थिए । प्रदेशसभा सभापति रमेशप्रसाद हुमागाई, जिल्ला सदस्य समिर व्याञ्जु, प्रतिनिधिसभा १ का उपसभापति विनोद गौतम, विमल व्याञ्जु, नगरसभापति जीतकृष्ण घिनाजूको सभापतित्वमा सम्पन्न भएको थियो ।

    नेपाली काँग्रेस बेथानचोका गाउँ पालिकाद्धारा आयोजित सभालाई पूर्व राज्यमन्त्री एवं प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । गाउँ सभापति कृष्णबहादुर पाख्रिनको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना लगायतले मन्तव्य राखेका थिए ।
    रोशी गाउँपालिकामा गाउँ सभापति लाल कुमार पाख्रीनको सभापतित्वमा तथा जिल्ला सचिव दिनेश लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा महासमिति सदस्य पुर्व जिल्ला सचिव शंखबुद्ध लामा, सविधान सभा सदस्य ललिता किङरिङ, महासमिति सदस्य सार्किमान लामा, शंकरदास लामा, जिल्ला सदस्य चन्द्र बहादुर लामा र प्रकास थापा, रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला लगायतले मन्तब्य राखेका थिए ।

    चौँरीदेउराली गाउँपालिकामा नेपाली काँग्रेस काभ्रेका सहसचिव ईश्वरी ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सभापति पूर्णबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य लक्ष्मी लामा, सामाजिक अभियन्ता पवित्रा लामा, वडा अध्यक्ष सुरेश लामा लगायतले मन्तब्य राखका थिए । कार्यक्रममा केन्द्रीय सहकारी विभागका फुर्वा लामा, जिल्ला सदस्यहरु विक्रम गौतम, नारायण गौतम, पेमा नाम्गेल लामा, महासमिति माधव पन्त, शिक्षक महासंघका आश्विन चौलागाई, दलित संघका अध्यक्ष उस्पर सुनुवारलगायतको उपस्थिति रहेको थियो ।

    नेपाली काँग्रेस खानीखोला गाउँपालिकाको आयोजनामा भएको बिरोध सभामा काँग्रेका नेता प्रदेशभा उम्मेदवार गणेश लामाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम खानिखोला गाउँ कार्यसमिति सभापति खडानन्द आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

    यस्तै माहाभारत गाउँपालिकामा नेपाली कांग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष एवं प्रदेशसभा उम्मेदवार सिवि लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश सभा क्षेत्र नं १ का सभापति राम बहादुर योञ्जन, गोँपालिका प्रत्यासी रकम सिं घलान, क्षेत्रीय कोषाध्यक्ष ज्ञानबहादुर स्याङतान, क्षेत्रीय सदस्य विष्णुमाया पुलामी, वडा सभापति देवराज योञ्जन, गोपाल थापा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम गाउँ कार्यसमिति सभापति अखिल ध्वज वाईवाको सभापतित्वमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस