२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

सर्वमंगला क्याम्पसमा नयाँ भवनको शिलन्याश

  • २०७७ माघ १, बिहिबार मा प्रकाशित २ साल अघि
  • ४३६ पाठक संख्या
  • पाँचखाल नगरपालिका वडा नं ३ मा रहेको सर्वमंगला क्याम्पसमा नयाँ भवन बन्ने भएको छ ।

    क्याम्पसको नयाँ भवन निर्माणको लागि बुधबार शिलान्यास कार्याक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले भवनको शिलान्यास गरेका हुन् ।

    भवन निर्माणको लागि प्रदेश सरकारबाट ४० लाख रुपैँया बिनियोजन भएको तथा शौचालय सहतिको १ तल्ले ३ कोठे क्याम्पस भवन निर्माण हुने भवन निर्माण संयोजक टंकप्रसाद अधिकारीले बताए ।

    शिलान्यास कार्यक्रममा सांसद लम्सालले संरचनाको कुरामा मात्र नभएर शिक्षामा आकर्षण गराउनुको साथै शैक्षिक गुणस्तरमा पनि विशेष प्राथमिकता दिनुपर्नेमा बताए । भवन बनेपछि यहाँका विद्यार्थी पढ्नकै लागि काठमाण्डौ, बनेपा, धुलिखेल लगायतका सहर धनाउनु नपर्ने लम्सालको भनाई छ । क्याम्पसका प्रमुख जयराम अधिकारी लगायतले क्याम्पसबारे मन्तव्य राखो थिए ।

    भवन शिलान्यास कार्यक्रममा काँग्रस नेता कुमार लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर अधिकारी, मणिराम गौतम, रमेश गिरी,पुरुर्षोत्तम आचार्य लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस