२०७७ माघ ६, मंगलबार | Tue, 19, Jan, 2021

पाँचखाल दुर्घटना : नगरप्रमुख खरेलको अगुवाईमा वार्ता, पीडित पक्षको आन्दोलन फिर्ता

  • २०७७ पौष २९, बुधबार मा प्रकाशित ५ दिन अघि
  • २४९४ पाठक संख्या
  • काभ्रेको पाँचखाल नगरपालिका–६ दुलालथोकमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको विषयमा पीडित पक्ष र पीडक पक्षविच बार्ता मिलेको छ ।

    पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलको अगुवाईमा धुलिखेलमा भएको छलफलमा मृतक परिवारलाई कानुन अनुरुपको क्षतिपूर्ति, मृतककी श्रीमतीलाई रोजगारी, बच्चालाई कक्षा १२ सम्म निःशुल्क पढाइदिने प्रतिवद्धता तथा क्षति भएको मोटरसाईकलको सट्टामा एक थान मोटरसाइकल उपलब्ध गराउने भएपछि बुधवार साझ वार्ता मिलिेको हो ।
    वार्तामा नगरप्रमुख खरेल, नगरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष संजय तामाङ, वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का अध्यक्ष सुन्दर लामा, मृतकका काका, भाई मधु र भान्जा आकास, यातायात समितिको तर्फबाट बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष धु्रव पन्त, प्रशासनको तर्फबाट डिएस्पी कुमार विक्रम थापा सहभागी भएका थिए ।

    मृत्युको विषयलाई लिएर पिडित परिवार र स्थानीयबासीहरुले अरनिको राजमार्ग अवरुद्ध पार्ने क्रममा बुधबार पाँच राउण्ड अश्रुग्यास प्रहार गरिएको छ । प्रहरी चौकी पाँचखाल अगाडी जम्मा भएका पीडित पक्षले क्षतिपूर्तिको विषयमा कुरा मिल्न नसकेपछि प्रहरीमाथि नै ढुङ्गामुडा गरेका थिए । भिडलाई नियन्त्रणमा लिन पाँच सेल अश्रुग्यास प्रहार गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

    दुईपक्षविचमा ढुंगामुढा चल्दै गर्दा नगर प्रमुख महेश खरेलले भिडलाई ढुंगामुढा नगर्न अनुरोध गर्ने क्रममा आफै घाईते भएका छन् । उनलाई ढाडमा ढुंगा लागेको थियो । त्यस्तै वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारीको पनि घुँडामा ढुंगा लागेको थियो ।

    मंगलबार धएको छलफलमा वार्ता नमिलेपछि आक्रोशित स्थानीयबासी र पिडित पक्षले बुधबार बिहानैदेखि अरनिको राजमार्गको पाँचखाल–धुलिखेल सडक खण्डमा पूर्व अरनिको यातायात प्रालिका सवारी चल्न रोक लगाएका थिए ।

    दुलालथोकमा मङ्गलबार पूर्व अरनिको यातायात प्रालिको बा २ ख ६६०२ नम्बरको यात्रुवहाक बसले बनेपाबाट पाँचखालतर्फ जाँदै गरेको बा ६ प ७८३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक पाँचखाल–३ का दिवाकर भुजेलको घटनास्थलमा नै मृत्यु भएको थियो ।

    समाचारमा प्रयोग भएको फोटोमा ढुंगामुढा भएपछि रोक्न खोज्दै पाँचखाल नगरप्रमुख महेश खरेल ।

    प्रतिक्रिया दिनुहोस