२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

पाँचखालमा माघ ३ गतेबाट ‘मेयर कप फुटबल प्रतियोगिता’ हुने

  • २०७७ पौष २९, बुधबार मा प्रकाशित २ साल अघि
  • १५०२ पाठक संख्या
  • पाँचखालमा आगामी माघ ३ गतेबाट नकआउट ‘पाँचखाल मेयर कप फुटबल’ प्रतियोगिता हुने भएको छ ।

    पाँचखाल युनाईटेड फुटबल एशोसिएसन (पुफा), पाँचखाल नगरपालिकाको आयोजना पाँचखाल ग्रिन भिलेज हाउजिङ प्रालिको प्रयोजनमा हुने फुटवल यहि माघ ३ गते देखि २१ गते सम्म सञ्चालन हुने पुफाका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए । काठमाण्डौको ३ वटा, सिन्धुपाल्चोकको २ वटा, सिन्धुली र उदयपुरको १/१ वटा, तथा काभ्रेका १७ वटा गरी २४ टिम खेलमा सहभागी हुनेछन् ।

    बुधवार पाँचखालमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार प्रथम हुनेलाई १ लाख नगद, द्धितिय हुनेलाई ५० हजार नगद पुरस्कार दिईने पुफाका खेलकुद संयोजक गणेश काफ्लेले जानकारी दिए ।

    फुटबल खेलका लागि पाँचखाल वडा नं ४, पाँचखाल उद्योग बाणिज्य संघ, पाँचखाल इट्टा भट्टा संघ, नेपाल आईस, म्याक मोबिल, यामाहा आरम्भ, एसएल आगनिक कफि एण्ड लस्सी सेन्टरको सहयोग रहनेछ ।

    प्रतिक्रिया दिनुहोस