मण्डनदेउपुर नगरपालिकाको आठौ नगरसभा ओली पक्षीय जनप्रतिनिधिहरूले बहिष्कार गरेका छन ।
आजको लागि तोकीएको सभामा उपप्रमुख निर्मला शाही, ८ र ९ वडाका अध्यक्ष सहित २७ जना सदस्यले नगरसभा बहिष्कार गरेका हुन । नगरसभा बहिष्कार गरेको वडा नम्बर ८ का अध्यक्ष झलक पौडेलले जानकारी दिए ।
मण्डन देउपुरमा नगर प्रमुख टोकबहादुर वाइबा पक्ष अल्पमतमा छन । नगर सभामा २७ जना ओली समूहका, १७ जना नेपाली काँग्रेश तथा नेकपा दाहल नेपाल समूह १९ जना छन । नगर सभामा ३८ जना सदस्य उपस्थित भएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस