पाँचखाल नगरपालिकाको दुलालथोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचखाल नगरपालिका ३ का २५ बर्षिय दिवाकर भुजेल छन् ।
सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौंबाट आउँदै गरेको बा २ ख ६६०२ नंम्बरको बसले बा ६ प ७८३४ मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार भुजेलको मृत्यु भएको प्रहरी चौकी पाँचखालले जानकारी दिएको छ । ठक्करबाट भुजेलको मृत्यु भएपछि स्थानीयले लाश उठाउन दिएका छैनन् ।
अहिलेपनि भुजेलको लाश सडकमै रहेको छ । पूर्व अरनिको यातायात प्रा.लिको बसले ठक्कर दिएको र अहिले जिल्ला प्रहरी कार्यालयमा बार्ता भईरहेको पाँचखाल नगरपालिका ३ का वडा अध्यक्ष सुन्दर अधिकारीले जानकारी दिए । बार्ता नमिलिकन लाश नउठाउने स्थानीयले बताएका छन् ।
लाश नउठेपछि अरनिको राजमार्ग अबरुद्ध भएको छ ।
ुु
प्रतिक्रिया दिनुहोस