२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

असंवैधानिक कदमको विरुद्धमा काभ्रेका चारै क्षेत्रमा काँग्रेसको विरोध प्रर्दशन

  • २०७७ पौष २५, शनिबार मा प्रकाशित ३ साल अघि
  • ६८३ पाठक संख्या
  • प्रधानमन्त्री केपी ओलीको असंवैधासनक कदमको विरुद्धमा नेपाली काँग्रेस काभ्रेका प्रदेश सभाका चारै क्षेत्रमा बिरोध प्रदर्शन गरेको छ ।
    नेपाली काँगे्रस प्रतिनिधि भा क्षेत्र नं १ को क को मंगलटार र ख को पनौती तथा प्रतिनिधि सभा क्षेत्र नं २ को क को पाँचखाल तथा ख को बनेपाको नालामा प्रर्दशन तथा विरोध कार्यक्रम आयोजना भयो । काभ्रेको पाँचखालमा भएको सभालाई काँग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगाना, नालामा भएको सभालाई केन्द्रीय सदस्य एनपी साउद, पनौतीमा भएको सभालाई केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई तथा मंगलटारमा भएको सभालाई काभ्रे प्रतिनिधिसभा क्षेत्र न १ का सभापति तिर्थ लामाले संवोधन गरेका थिए ।

    पाँचखालमा भएको कार्यक्रममा तामाघाट झिगुखोला पुलबाट शुरु भएको मोटरसाईकल सहितको विरोध र्याली जिरोकिलो पुगेर पुनः समाजकल्याण चोकमा आएर कोणसभामा परिणत भएको थियो । सभालाई काँग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगानाले केपी ओलीको असंवैधानिक कदमले देशलाई अस्थिरतातर्फ थकेलेको आरोप लगाए ।

    कार्यक्रममा नेपाली काँग्रेसका सभापति मधु आचार्य, उपसभापति अच्युत पौडेल, क्षेत्रीय सभापति एवं पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, नेता कुमार लामिछाने, प्रदेशसभा उम्मेदवार सुन्दरमणी आचार्य, महासमिति सदस्य लिला नेपाल र हेम लामा, महाधिवेशन प्रतिनिधि सावित्रि लामिछाने र दिल लामा, क्षेत्रीय उपसभापति मानबहादुर लामा, प्रदेश क्षेत्रीय उपसभापति बेल लामा, जिल्ला सदस्य हरि दुलाल, नेपाल महिला संघ काभ्रेका अध्यक्ष शुभलक्ष्मी मानन्धर, पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार, भुम्लु गाउँपालिकाका उम्मेदवार तस्वीर लामा, तरुण दलका कार्यबहाक अध्यक्ष दावा लामा, काभ्रे काठमाण्डौ सम्पर्क मञ्चका महासचिव नारायण सापकोटा, संगठन विभागका सचिव कश्यप पौडेल, जिल्ला सदस्य अर्जुन सापकोटा, नेविसंघका जिल्ला सचिव दिलिप आचार्य, पाँचखाल नगर सभापति गणेश अधिकारी, धुलिखेल नगर सभापति जितकृृष्ण घिनान्जु, मण्डनदेउपुर नगरका सभापति रामहरी सापकोटा, भुम्लु गाउँपालिकाका सभापति अञ्चलकुमार लामा, पाँचखाल नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष सञ्जय लामा, भुम्लु गाउँपालिकाका उपाध्यक्ष उम्मेदवार शान्ता क्षत्री, क्षेत्रीय सहसचिव तथा वडा अध्यक्ष सुन्दर लामा, पाँचखाल वडा नं ४ का सभापति राजन कार्की लगायतले असंवैधानिक कदम बारे मन्तब्य राखेका थिए । कार्यक्रम क्षेत्रीय सचिव आनन्द सपकोटले संचालन गरेका थिए ।

    कम्युनिष्ट गढबाट युवाहरु काँग्रेसमा प्रवेश


    पाँचखाल नगरपालिकाको कम्युनिष्ट गडको रुपमा चिनिने वडा नं ६ का युवाहरुले कम्युनिष्ट पार्टी त्याग्दै नेपाली काँगेसमा प्रवेश गरेका छन् ।

    काँग्रेसले प्रधानमन्त्री केपी ओलीले संसद विगठन गरेको विरोधमा आयोजना गरेको कार्यक्रममा पाँचखालको कम्युनिष्ट किल्लाको रुपमा परिचित (पाँचखाल वडा नं ६, पिल्टिार, झिगनपुर र सानुचौर) का युवाहरु नेपाली कांगे्रसमा प्रवेश गरेका हुन् ।
    पार्टी प्रवेश गर्नेहरुमा रवि वि.क, हेमलाल कायष्ठ, कृष्ण वहादुर वि.क, गगनध्वज वि.क, मुकुन्द गौतम, सुरज राई, रुपक दनुवार, सुशिल दनुवार, निरोज दनुवार, आकाश दनुवार, सुषान्त नापित, सुस्मिता नापित, रोहित नेपाली, डोनी राई, कञ्चन परियार, नवराज वि.क, राजन वि.क, अमृत दनुवार, बिशाल दनुवार, कृष्ण दनुवार पशुपति दनुवार, नविन दनुवार रहेका छन् । त्यसैगरी वडा नं ३ बाट ०५४ सालको निर्वाचनमा नेकपाबाट वडा सदस्य निर्वाचित कृष्ण बहादुर दनुवार पनि नेपाली कांगे्रसमा प्रवेश गरेका छन् ।

    त्यस्तै बनेपाको नालामा भएको कार्यक्रमलाई केन्द्रीय सदस्य एनपी साउदले सम्बोधन गरे । केन्द्रीय सदस्य साउदले ओली सरकार सर्वसत्तावादी भएको आरोप लगाए । कार्यक्रमका जिल्ला सभापति मधुप्रसाद आचार्य, प्रतिनिधिसभा क्षेत्र न २ का सभापति कञ्चनचन्द्र बादे, प्रदेश सभापति बिदुर घिमिरे, बनेपा नगर सह–सभापति योगराज दाहाल लगायतले मन्तव्य राखेका थिए ।

    त्यस्तै पनौतीमा भएको कार्यक्रममा कन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले संवोधन गरे । केन्द्रीय सदस्य हुमागाईले ओलीले असंवैधानिक कदमले जनताले दिएको भोटको दुरुपयोग भएको बताए । कार्यक्रममा काँग्रेसका अग्रज नेता इन्द्रमणी अधिकारी, पूर्व सभाषद् हषजित लामा, पूर्व सह–सभापति तिर्थ पसखल, जिल्ला उपसभापति गोविन्दबहादुर थापा, सह–सचिव इश्वरी ओझा, प्रदेशसभा उम्मेदवार गणेश लामा, केन्द्रीय प्रचार विभाग सदस्य मधुकर खनाल, महिला नृतृ जयन्ती हुमागाई, पनौती नगर सभापति रामशरण भण्डारी, क्षेत्र नं २ का नेविसंघ सभापति विद्यासागर लामा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमा नेपाली काँग्रेस क्षेत्रिय सभापति रमेश हुमागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।

    मंगलटारमा भएको विरोध प्रर्दशनमा कालढुंगाबाट शुरु भएको र्याली मंगलटारमा आएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा प्रतिनिधि सभा क्षेत्रीय सभापति तिर्थ लामाले केपी ओलीको संसद विघटन असंवैधानिक कदम भएको बताए । उनले अहिलेको सरकार चुनाव गर्ने पक्षमा नरहेको बताउँदै संसद पुर्नस्थापनामा जोड दिए । कार्यक्रममा काँग्रेसका नेता शंखबुद्ध लामा, पूर्व संसद हर्षजित लामा, ललिता किङरिङ, केन्द्रीय खेलकुद विभागका सदस्य चन्द्र लामा, रोशी गाउँ सभापति लालकुमार पाख्रिन, तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया लामा, रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला, नेविसंघ क्षेत्रीय सभापति गणेश अधिकारी, रोशी ९ का वडा सभापति मानबहादुर तामाङ लगायतले मन्तब्य राखे । क्षेत्रीय सचिव गुणराज मुक्तानले संचालन गरेको कोणसभा क्षेत्रीय सभापती राम योञ्जनको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न पार्टी परीत्याग गरी २३ जना भन्दा बढि नेपाली काँगसमा प्रवेश गरेको सचिव मुक्तानले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस