२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

ओली पक्षीय नेकपाको भेलाले ६ सय ९९ सदस्यीय जिल्ला अधिबेशन आयोजक कमिटी घोषणा

  • २०७७ पौष २५, शनिबार मा प्रकाशित २ साल अघि
  • ६४६ पाठक संख्या
  • काभ्रेमा नेकपा ओली पक्षीय भेलाले ६ सय ९९ सदस्यीय जिल्ला अधिबेशन आयोजक कमिटी घोषणा गरेको छ ।

    नेकपा काभ्रेका साविकका अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाईवा प्रचण्ड–नेपाल पक्षमा लागेपछि पदमुक्त गरेर यस अघि नै अशोक ब्याञ्जुलाई अध्यक्ष र सचिव नारायण पाण्डेलाई पुनः सचिवको जिम्मेवारी दिएको थियो । शनिवार बनेपाको लायकुमञ्चमा भएको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ब्याञ्जुले ६ सय ९९ सदस्यीय जिल्ला अधिबेशन आयोजक कमिटी घोषणा गरेका थिए । उनले साविक जिल्ला कमिटीमा १ सय २४ जना, मनोनित गर्न बाँकी ७२ जना र ५ सय ३ जना नयाँ सदस्यहरुलाई अधिबेशन आयोजक कमिटीमा राखिएको अध्यक्ष ब्याञ्जुले जानकारी दिए । भेलामा जिल्लाका संघ र प्रदेश कमिटी, गाउँ र नगर तथा वडा कमिटी, जनवगर्गिय संगठनहरुको पुनर्गठन गरी आगामी माघ ९ र १० गते आयोजक जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण दिईने व्याञ्जुको भनाई छ ।

    कार्यक्रममा नेकपाका नेता एवं खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर, डबल डिलर र दुई वटा जिब्रा भएको ब्यक्तिभएको बताएका छन् । मन्तब्यको अधिकांश समय प्रचण्डको विरोध गरेका मन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको कदमले मुलुक अग्रगामी तर्फ उन्मुख भएको दावी गरे । मन्त्री थापाले प्रचण्डकै कारण नेकपा फुटेको बताउनु भयो । ‘सिद्धान्तको खेलवाड गर्ने पात्र र प्रवृति प्रचण्ड हुन्’–मन्त्री थापाले भने –‘प्रचण्डले माओवादी बनाउनु भएन, परिवार बनाउनु भयो । रुकुम र रोल्पाका नेता र उनका परिवार बनाउनु भयो । प्रचण्डले बनाएको माओवादी कहाँ छ ? बाबुराम र मोहन बैद्य कहाँ छन् ?’ माओवादीमा रहँदा टाकनटुकन गरेर पार्टी सिध्याएका प्रचण्डले नेकपामा टाकनटुकन गर्न नसकै कारण पार्टी भित्र असहयोग गरेको मन्त्री थापाको भनाई छ । माओवादीको युद्दका समयमा साथ दिने अधिकांश नेताले प्रचण्डकै परिवारीक मोह, सत्तालिप्सा, अवसरवादी, अस्थिरतावादीका कारण साथ छाडेको बताए ।

    अगुवा कार्यकर्ता भेलामा पुर्व मन्त्री एवं बागमती प्रदेश कमिटी इन्चार्ज आनन्द पोखरेलले पार्टी भित्रको विवादका कारण जनतामा भ्रम पैदा भएकाले त्यसको निरुपणका लागि अगुवा कार्यकर्ता भेलाले प्रष्ट बनाएको बताए । पुर्व मन्त्री एवं नेकपा केन्द्रिय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले संघीयता जनताको भारी भएको तर जनताले नस्विकारेको बताए । सत्ता छाडेर सुकुल तिर जानेहरुले निर्वाचनमा सुकुल चिन्ह पाउने बताउँदै प्रधानमन्त्री ओलील राष्ट्र र जनताको हितमा प्रतिनिधिसभा विघटन गरेको बताए ।
    अगुवा कार्यकर्ता भेलालाई पुर्व राज्यमन्त्री एवं केन्द्रिय सदस्य रेशम लामा, संविधान सभा सदस्य रामहरी सुवेदी, केन्द्रिय सदस्य एवं प्रदेश सभा सदस्य चन्द्र लामा, केन्द्रिय सदस्य प्रकाश गौतम, प्रदेश सभा सदस्य गोमा भुर्तेल, जिल्ला कमिटी सचिव नारायण पाण्डे, जिल्ला कमिटी सदस्य विनोद गौतम लगायतले नेकपा बारे मन्तब्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस