२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

प्रतिनिधि सभा विघटन असंवैधानिक भएको चार पूर्वप्रधानन्यायाधीशको निष्कर्ष

  • २०७७ पौष २४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ६७९ पाठक संख्या
  • पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको बताएका छन् ।

    संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा त्यो प्रयोजनबाहेक अर्को अवस्थामा संसद् विघटन गर्ने अधिकार नदिएको भन्दै आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधि सभा विघटन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार भन्ने तर्कको पनि विज्ञप्तिमा खण्डन गरिएको छ । पूर्वप्रधानन्यायाधीशहरूले संसद् विघटनलाई वैधानिकता दिए संवैधानिक दिशाविहीनताको अवस्था सिर्जना हुन सक्नेतर्फ सचेत गराएका छन् ।

    तस्वीर सौजन्य अनलईनखबरडटकम

    प्रतिक्रिया दिनुहोस