२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

पौष मसान्त सम्म कर तिरे पाँचखाल नगरमा १० प्रतिशत छुट हुने

  • २०७७ पौष २३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६६५ पाठक संख्या
  • समयमै कर तिरेर छुट सुबिधा लिन नगरबासीलाई पाँचखाल नगरपालिकाले आग्रह गरेको छ ।

    पुष मसान्तसम्म कर तिर्ने पाँचखालका नगरबासीले कुल रकमको १० प्रतिशत छुट पाउने नगरपालिकाले जनाएको छ ।

    त्यस्तै नयाँ व्यवसाय दर्ता पौष मसान्त सम्म गरे पनि १० प्रतिशत छुट दिने पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईले जानकारी दिए । उनका अनुसार दर्ता भइसकेका व्यवसायहरुको नविकरण गर्नपनि १० प्रतिशत छुट दिने जानकारी दिए । नगरपालिकामा सबै प्रकारका कर र राजस्वहरु सम्बन्धित वडाकार्यालयबाटनै तिर्न सकिने नगरपालिकाले जनाएको छ ।

    नगरका करदाता एवंम सेवा ग्राहीहरुलाई उल्लेखित समय भित्र करतिरेर छुट सम्बन्धी सुविधा लिन नगरपालिकाले अनुरोध गरेको छ ।

    नगरपालिकाको नगरसभाबाट स्विकृत आर्थिक ऐन २०७७ तथा सम्पत्ति कर व्यवस्थापन कार्यविधि २०७५ को अधिनमा रहि सम्पत्ति कर, व्यवसाय कर नयाँ दर्ता तथा नविकरण दस्तुरमा छुट गर्न लागिएको हो ।

    प्रतिक्रिया दिनुहोस