२०७७ माघ ६, मंगलबार | Tue, 19, Jan, 2021

काँग्रेसले ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्ने, क्रियाशिल सदस्यता विवरण २०७७ माघ मसान्त सम्म थप

  • २०७७ पौष १९, आईतबार मा प्रकाशित २ हप्ता अघि
  • ९५ पाठक संख्या
  • नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।

    कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो ।

    केन्द्रीय समिति बैठकले पुष २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने, माघ ८ गते स्थानीय तहको ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

    जिल्ला समितिले आफ्नो अनुकुलतामा तथा पार्टीका भातृ तथा सुभेच्छुक संगठनहरुले आ–आफ्नो आवश्यकता र अनुकुलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ ।

    त्यसैगरी बैठकले २०७५ कार्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरूको समायोजनको निम्ति बनाइएको समायोजन समितिले तयार पारेको प्रतिवेदन बैठकले अनुमोदन गरेको पनि प्रवक्ता शर्माले बताए । बैठकले क्रियाशिल सदस्यता विवरण २०७७ माघ मसान्त सम्म गरिसक्ने मिति तय पनि गरेको प्रवक्ता शर्माले बताए ।

    प्रतिक्रिया दिनुहोस