२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

जबरजस्ती करणी गरेको अभियोगमा बेथानचोकका एक पक्राउ

  • २०७७ पौष १९, आईतबार मा प्रकाशित ३ साल अघि
  • ७२८ पाठक संख्या
  • २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे बेथानचोक गाउँपालिका बस्ने ४३ वर्षीय अर्जुन प्रसाद तिमल्सिना लगायत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    नेपाल प्रहरीको वेवसाईडमा सार्वजनिक भएको समाचार अनुसार ललितपुर महानगरपालिका १७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा ती महिलालाई शुक्रबार दिउँसो ललाई फकाई प्रलोभनमा पारी २ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोही गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस