२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

नेकपा दाहाल–नेपाल समूहको दोस्रो चरणको आन्दोलन घोषणा

  • २०७७ पौष १८, शनिबार मा प्रकाशित २ साल अघि
  • ६४८ पाठक संख्या
  • नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनपछि सडकमा आएको नेकपा दाहाल–नेपाल समूहले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

    पत्रकार सम्मेलनमा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभालाई सुचारू नबनाउँदासम्म आन्दोलन जारी राख्‍ने बताए । सरकारको असंवैधानिक कदमको विरुध्दमा जनतालाई सुसूचित बनाउने र जनदबाब सिर्जना गर्न आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए ।

    यस्ता छन् आन्दोलनका कार्यक्रम
    १) २०७७ पौष २० गतेसम्म पालिका स्तरमा र २५ गते सम्म वडा स्तरमा पार्टी भेला, संघर्ष सम्बन्धी अभिमुखिकरण कार्यक्रम ।
    २) २०७७ पौष २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।
    ३) २०७७ पौष २१ गते संघीय राजधानी र विभिन्‍न सहरी केन्द्रहरूमा राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया कार्यक्रम ।
    ४) २०७७ पौष २३ गते नागरिक समाजसँग व्यापक अन्तरक्रिया कार्यक्रम ।
    ५) २०७७ पौष २४ गते सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र । विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
    ६) २०७७ पौष २६ गते सडक संविधान वाचन–व्याख्या कार्यक्रम ।
    ७) २०७७ पौष २७ गते (सुदूरपश्‍चिम, लुम्बिनी र प्रदेश १), २८ गते (प्रदेश २, गण्डकी र कर्णालीमा) र पौष २९ गते बागमतीमा बृहद कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम ।
    ८) २०७७ पौष २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँगाउँ, टोलटोलमा कालोझण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदम विरुध्द सबै वडाहरुमा व्यानर राख्‍ने कार्यक्रम ।
    ९) २०७७ पौष २९ गते निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला ।
    १०) २०७७ पौष ३० गते देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा । (क्यालेण्डरमा पौष महिनामा २९ गते सम्मको महिना छ)
    ११) २०७७ माघ ५ गते सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
    १२) २०७७ माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली ।
    १३) २०७७ माघ १६ गते पाँचवटा प्रदेश (प्रदेश नं. १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशमा) मा विरोध प्रदर्शन र सभा । माघ १७ गते प्रदेश नं २ मा विरोध प्रदर्शन र सभा ।
    १४) २०७७ माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुस ।
    १५) २०७७ माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा ।
    १६) यस बीचमा उद्योग व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम र लेखक(कलाकारहरू, सांस्कृतिककर्मीहरू र बुध्दिजीवीहरूको विशिष्ट प्रकारको कार्यक्रमहरू आयोजना गरिने ।

    प्रतिक्रिया दिनुहोस