भकुण्डेबेशी जेसिजको ११ औं बार्षिक साधारणसभा एवं १० औ शाखा अधिबेशनबाट बर्ष २०२१ का लागि सुदन चिमौरियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिवार भकुण्डेमा आयोजना भएको अधिवेशनले कार्यकारिणि उपाध्यक्षमा शिव न्यौपाने र सुमन दाहाल, महासचिवमा श्रीहरी अधिकारी, कोषाध्यक्षमा बद्रि अधिकारी, कानुनी सल्लाहकारमा प्रमोद काफ्ले, उपाध्यक्षहरुमा शिरिष थपलिया, रञ्जना उप्रेती, हरिराम खनाल र लक्ष्मीराज चिमौरिया चयन भए ।
बर्ष २०२० का अध्यक्ष श्रीकृष्ण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्ष २०१४ का अध्यक्ष हरिहर अधिकारी, बर्ष २०१५ का अध्यक्ष यन्त्रनाथ खनाल, बर्ष २०१६ का अध्यक्ष मोदनाथ अधिकारी, बर्ष २०१७ का अध्यक्ष कपिल कोइराला र बर्ष २०१८ का अध्यक्ष रुकमणी सिग्देलले जेसिज बारे मन्तब्य राखेका थिए ।
कार्यक्रममा महासचिवको प्रतिवेदन सुदन चिमौरिया तथा कोषाध्यक्षको प्रतिवेदन प्रमोद काफ्लेले प्रस्तुत गरेका थिए ।
अधिबेशनमा भकुण्डेबेशी जुनियर जेसिजको समेत नयाँ नृतृत्व चयन भएको थियो । जुनियर जेसिजको अध्यक्षमा विजय खनाल चयन भए ।
प्रतिक्रिया दिनुहोस