२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

नेकपा काभ्रेमा ओली पक्षको भेला  : अध्यक्ष चौलागाईं र सचिव वाइवा पदमुक्त, व्याञ्जुलाई अध्यक्ष र पाण्डेलाई सचिवको जिम्मा

  • २०७७ पौष १४, मंगलबार मा प्रकाशित २ साल अघि
  • ११८४ पाठक संख्या
  • नेपाल कम्युनिष्ट पार्टी नेकपाको केपी ओली पक्षधर नेताहरुको बहुमत बैठकले अध्यक्ष रुकु चौलागाईं र सचिव टोकवहादुर वाइवालाई पदमुक्त गरेको छ ।

    उनिहरुको ठाउँमा अध्यक्षमा अशोक व्याञ्जु र सचिवमा नारायण पाण्डेलाई जिम्मेवारी तोकिएको छ ।

    पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको अध्यक्षतामा बसेको बैठकले पार्टी एकता भएको अढाई वर्षको अवधिसम्म जिल्ला कमिटीको एउटा पनि बैठक र कुनै पनि कार्यक्रम गर्न नसकेको, अध्यक्ष र सचिवले पार्टी नेतृत्वको सट्टा गुटगत गतिविधि गरेको तथा संगठनात्मक पद्धती विरोधी गतिविधिमा संलग्न भएकाले पदमुक्त गर्ने निर्णय गरेको बैठक पछिको पत्रकार सम्मेलनमा नव अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिए ।

    उनका अनुसार पाटीको नेतृत्वमा रहँदा अध्यक्ष चौलागाई र सचिव टोकबहादुर बाईवाले एकता भएको अढाई बर्षको अवधिसम्म बैठ नराखेको, उनीहरुको असक्षमताका कारण पार्टीको समग्र प्रणाली र पार्टी जीवननै अवरुद्ध बनाएको आरोप लगाए ।

    पार्टी एकताको भावना र विधान विपरित गुृटबन्दी गरि बहुमत अल्पमतको आधारमा आफ्नै पार्टी नेतृत्वको जननिर्विचित सरकार ढाल्न पार्टी भित्रबाटै अविस्वासको प्रस्ताव दर्ता गर्ने कार्यप्रती बैठकले खेद ब्यक्त गरेको सचिव पाण्डेले बताएका छन् ।

    नेकपा काभ्रेमा रहेका १ सय २६ सदस्य मध्ये २ जना सदस्यको मृत्यु भएको तथा एक सदस्य विदेशमा रहेकोले वहाल रहेका १ सय २३ सदस्य मध्ये ६४ जना सदस्यहरुको बैठकमा उपस्थिति रहेको थियो । बैठकमा पूर्व माओवादीको तर्फवाट जिल्ला सदस्य भएकाहरुको पनि उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस